default_image

3 years ago

March 14, 2021

रोनाल्डोको ३३ मिनेटमै ह्याट्रिक!

42 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत काग्लियारीविरुद्ध खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका छन् ।

काग्लियारीको घरेलु मैदानमा रोनाल्डोले दशौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले जुआन क्वाडराडोको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको २४ औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई २-० ले अघि बढाए ।

रोनाल्डोले ३३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । फेडेरिको किएजाको क्रसमा बायाँ खुट्टाले गोल गर्दै रोनाल्डोले पहिलो हाफमा नै युभेन्टसलाई ३-० ले अघि बढाएका हुन् । युभेन्टसका लागि लिगमा यो उनको दोस्रो ह्याट्रिक हो ।

रोनाल्डोले इटालियन लिगमा जारी सिजन २३ गोल गरिसकेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता सूचिको शीर्षस्थानमा छन् ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.