default_image

3 years ago

March 16, 2021

आई लिगमा किरणको टोलीको अर्को हार

58 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पञ्जाब एफसी आई लिगमा सोमबार पराजित भएको छ । आई लिगको शीर्ष टोली टिडिम रोड एथलेटिक युनियन एफसीसँग किरणको टोली १–० ले पराजित भएको हो ।

१३ खेलको समाप्तीमा पुग्दा पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पछिल्ला ३ खेलमा पञ्जाब जित विहिन रहँदै आएको छ । लगातार ३ खेल जितेको टिडिम १३ खेलमै २५ अंकका साथ शीर्षस्थानमा रहेको छ । त्यत्तिनै अंकमा चर्चिल ब्रदर्श अंक तालिको दोस्रो स्थानमा छ । पञ्जाबले १३ खेलमा ५ जि ४ बराबरी र त्यत्तिनै खेलमा हार बेहोरेको छ ।

सोमबारको खेलमा पञ्जाबले १० खेलाडीमा सिमित हुँदै खेलेको अन्त्य गरेको थियो । ८० औं मिनेटमा मोहम्मद इर्सादले रातो कार्ड पाउँदै मैदान छाडेपछि पञ्जाब १० खेलाडीमा सिमित भएको थियो । कोमरोन टुर्सोनोभले ८१ औं मिनेटमा गरेको गोल नै टिडिमका लागि जितका लागि पर्याप्त बनेको थियो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.