default_image

3 years ago

March 16, 2021

जोटाको गोलमा लिभरपुलको जित

57 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।वल्भरह्याम्टनमा सोमबार राति भएको खेलमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।

उनले पहिलो हाफमा इन्ज्युरी समयमा गोल गरेका थिए । खेलको चौथो मिनेटमा एडमा ट्राओरेको पासमा नेल्सन सेमेडोको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए ।

१३औं मिनेटमा ओजान कावाकको पासमा साडियो मानेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा सलाहमार्फत एलेक्सान्डर अर्नाेल्डबाट आएको पासमा साडियो मानेको डाइभिङ हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए । ४९औं मिनेटमा कोनर कोडेले अवसर गुमाउदा वल्भ्स बराबरीबाट चुक्यो ।

७३औं मिनेटमा ट्राओरेको प्रहार फितलो बन्दा गोलरक्षक बेकरले सहजै बचाए । ८६औं मिनेटमा सलाहले गोल गरेपनि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।

जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि एभर्टन गोल अन्तरमा सातौ स्थानमा रहेको छ । पराजित वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

Success

Thank you for your time.