default_image

3 years ago

March 16, 2021

रियल म्याड्रिड र एटलान्टा भिड्दै

28 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा इटालियन क्लब एटलान्टाको आतिथ्यता गर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको सामना गर्दैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा हुने खेलमा रियल एटलान्टालाई हराउदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पहिलो लेगमा रियलले एटलान्टालाई १–० ले पराजित गरेका थियो ।

बराबरीको नतिजा पनि रियललाई अन्तिम आठमा पुग्न पर्याप्त हुनेछ । तर, रियल जित निकाल्दै लक्ष्यमा हुनेछ । टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोएस, मार्काे एसेन्सियो, लुका मोड्रिच, टोनी क्रुस, फेडरिको भाल्भेर्डे, थियो हर्नान्डेज, फर्लान्ड मेन्डी, कप्तान सर्जियो रामोस, राफायल भरान, लुकास भाज्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

पहिलो लेगमा गोल गरेका क्यासमिरो प्रतिबन्धका कारण टोलीमा हुनेछैनन् । उनी दोहोरो पहेँलो कार्डका कारण टोली बाहिर रहँदा चोटका कारण इडेन हाजार्डले खेल्ने सम्भावना न्युन छ ।

यता, एटलान्टा पनि रियललाई पराजित गर्दै अन्तिम आठमा पुग्ने लक्ष्यमा हुनेछ । पहिलो लेगमा घरेलु मैदानमा पराजित भएको एटलान्टालाई अघिल्लो चरणमा प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । रियलको मैदानमा १–० को जित निकालेमा पनि एटलान्टाको अघिल्लो चरण पुग्ने सम्भावना रहनेछ ।

टोलीसँग मारियो पासालिस, लुइस मुरेइल, डुभान जापटा, रोविन गोसेन्स, टोलोइ, पालोमिनो, डि रुन, जोसिप इलिसिस, मालिनोभ्स्की र गोलरक्षक स्पोर्टिलोको साथ रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.