default_image

3 years ago

March 16, 2021

हाजार्ड फेरि घाइते

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड पुनः घाइते भएका छन् । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड फेरि घाइते भएको पुष्टि छन् ।

चोटका कारण पछिल्ला केही खेल गुमाएका हाजार्ड शनिबार राति इल्चेसँगको खेलबाट मैदान फर्किएका थिए । रियलले २–१ गोलको जित निकालेको खेलमा ३० वर्षीय हाजार्डले अन्तिम १५ मिनेट मात्र खेलेका थिए ।

पुनः दाहिने खुट्टामा चोट बोकेका हाजार्डले आज मंगलबार राति एटलान्टाविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । तथापि उनले लामो समय मैदानबाहिर बस्नुपर्ने सम्भावना भने कम छ । उनको पछिल्लो चोट समामान्य रहेपनि उनले क्लबको सोमबारको अन्तिम प्रशिक्षण सेसन गुमाएका थिए ।

पहिलो लेगमा रियलले १–० को अवे जित निकालेको थियो । घरेलु मैदानमा हुने दोस्रो लेगमा रियलले यही नतिजा कायम राख्न सके क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.