default_image

3 years ago

March 16, 2021

थ्री नेसन्स कपको तालिका सार्वजनिक

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका सार्वजनिक गरेको हो ।

पहिलो खेलमा बंगलादेश र किर्गिस्तान चैत १० मा प्रतिस्पर्धा हुने छ । चैत १२ मा नेपालले किर्गिस्तानसँग खेल्ने छ । चैत १४ मा नेपालले बंगलादेशसँग खेल्ने छ । फाइनल चैत १६ मा हुने छ । शीर्ष दुई टोली फाइनल खेल्ने छन् ।

विश्वकप छनोट अन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोहि समयमा नेपालले यस मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भएपनि किर्गिस्तानको २३ वर्ष मुनिको टोलीले खेल्नेछ । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल स्थगित भएसँगै एन्फाले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा ३१ खेलाडीबाट मैत्रीपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको निर्माण हुनेछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.