default_image

3 years ago

March 16, 2021

एन्फा प्रेसिडेन्ट लिग: धम्बोझी र धादिङ समाज विजयी

28 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब बाँके र बागमती प्रदेशको च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेका छन ।

धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गरेको छ । नेपालगन्जस्थित रंगशालामा मंगलबार भएको खेलमा धम्वोझीको जितमा पुर्ण बहादर गुरुङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । गोलकर्ता पुर्ण नै खेलको म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ हात पारे ।

मंगलबार नै भएको अर्को खेलमा धादिङ समाजले कर्णाली प्रदेशको च्याम्पियन लेकाली युवा क्लब जुम्लामाथि ९–१ को फराकिलो जित निकालेको छ । धादिङको जितमा कप्तान अमिर श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गर्दा शिशिर लेखीले ह्याट्रिक पुरा गरे । उमेश राई र बिपिन कँडेलले समान एक गोल गरे । लेकालीका कप्तान संगम शाहीले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलमा अमिरले खेलको १७, ३६, ६० र ६२औं मिनेटमा गोल गरे । शिशिर लेखीले ६४, ७९ र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उमेश राईले ८९ औं मिनेट र बिपिन कँडेलले २४औं मिनेटमा गोल गरे । लेकालीका संगम शाहीले ५५ औं मिनेटमा गोल फर्काए । अमिर श्रेष्ठ खेलको म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ हात पारे ।

कपमा बुधबार एकमात्र खेल प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ । प्रेसिडेन्ट कपमा सातै प्रदेशक च्याम्पियन ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.