default_image

3 years ago

March 17, 2021

चेल्सी र एट्लेटिको भिड्दै

89 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी एट्लेटिकोलाई हराउदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पहिलो लेगमा १–० को जित निकालेको चेल्सीलाई बराबरीको नतिजा पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ ।

तर, चेल्सी जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग ओलिभर जिरुउड, टिमो वेर्नर, कलुम हड्सन ओडोइ, मार्काे अलन्सो, माटियो कोभासिस, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सन, सिसर एज्पिलिक्वेटा र गोलरक्षक फर्लान्ड मेन्डीको साथ रहेको छ ।जर्गिन्हो र मासन माउन्ट प्रतिबन्धका कारण टोलीमा नरहँदा ट्याम्मी अब्राहम र थियागो सिल्भा टोलीमा हुनेछैनन् ।

यता, एट्लेटिको पनि चेल्सीलाई हराउदै अघिल्लो चरण पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पहिलो लेगमा घरेलु मैदानमा १–० ले पराजित भएको एट्लेटिको उक्त हारको बदला लिदै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । एट्लेटिकोलाई क्वाटरफाइनल पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ । १–० को जितले पनि एट्लेटिकोको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ ।

टोलीसँग लुइस सुआरेज, जोओओ फेलिक्स, यान्निक कारास्को, सउल निग्वेज, कोकी, मार्काेस लोरेन्टे, रेनान लोडी, राहुल जिमिनेज, साभिक, काइरन ट्रिपिएर र गोलरक्षक जान ओब्लाकको साथ रहेको छ ।

च्याम्पियन्स लिगकै अर्काे खेलमा आज राति नै जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा इटालियन क्लब लाजियोको सामना गर्दैछ । पहिलो लेगमा ४–१ को अवे जित पाएको बायर्नलाई यही नतिजा नै अघिल्लो चरणमा पुग्न पर्याप्त हुनेछ । यता, लाजियोलाई अघिल्लो चरण प्रवेश गर्न स्पष्ट ४–० को जितको खाँचो छ । जुन बलियो बायर्नविरुद्ध असहज छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.