default_image

3 years ago

March 21, 2021

आर्मीले एएफसी कपको खेल दशरथ रंगशालामा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को दक्षिण एसियाली प्लेअफअन्तर्गत पहिलो चरणको खेल दशरथ रंगशालामा खेल्ने भएको छ । आर्मीले चैत २५ गते श्रीलंका पुलिसको सामना गर्दैछ । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को दक्षिण एसियाली प्लेअफअन्तर्गत पहिलो चरणको खेल दशरथ रंगशालामा खेल्ने भएको छ । आर्मीले चैत २५ गते श्रीलंका पुलिसको सामना गर्दैछ ।

एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।

बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवास्थित जीएमसी रंगशालामा हुनेछ । उक्त खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीली माल्दिभ्समा खेल्नेछन् । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग बंगलादेशमा खेल्नेछ । उक्त खेलको विजेताले अर्को पोलको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् ।

समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.