default_image

3 years ago

March 21, 2021

एन्फाको हस्पिटल पार्टनरमा मेडिसिटी

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हस्पिटल पार्टरका रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय खेलाडी र ‘ए’ डिभिजन लिगका खेलाडीको ५ लाख रुपैयाँको दुर्घटना विमा प्रभु इन्स्युरेन्स कम्पनीमा गराएको आइतबार सम्झौता कार्यक्रममा जानकारी दिइयो । विमा रकमका लागि यसअघि खेलाडीले पाउने गरेको दुःखलाई मध्यनजर गर्दै सिधै इन्स्युरेन्सबाट अस्पातालले […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हस्पिटल पार्टरका रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय खेलाडी र ‘ए’ डिभिजन लिगका खेलाडीको ५ लाख रुपैयाँको दुर्घटना विमा प्रभु इन्स्युरेन्स कम्पनीमा गराएको आइतबार सम्झौता कार्यक्रममा जानकारी दिइयो ।

विमा रकमका लागि यसअघि खेलाडीले पाउने गरेको दुःखलाई मध्यनजर गर्दै सिधै इन्स्युरेन्सबाट अस्पातालले भुक्तानी लिने सम्झौतामा उल्लेख भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘बी’ र ‘सी’ डिभिजनका खेलाडीका लागि ३ लाख रुपैयाँ तथा अन्य खेलाडी, एन्फासँग सम्बन्धित कर्मचारीहरुलाई भने १ लाख ५० हजार रुपैयाँको दुर्घटना विमा गरिएको छ ।

सम्झौता पत्रमा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र एन्फाका स्वास्थ्य समिति संयोजक निरज खड्गीले हस्ताक्षर गरे । एन्फाले विमाका लागि प्रत्येक खेलाडीको वार्षिक १ हजार ५ सय रुपैयाँ प्रभु इन्स्युरेन्सलाई भुक्तानी दिनुपर्ने राईले जानकारी दिए ।

विगतमा दुर्घटना विमाको रकम दाबी गर्नका लागि खेलाडीहरुले निकै धाउनु परेको अनुभव हामीसँग छ, एन्फा प्रवक्ता राईले भने,‘त्यसको अन्त्यका लागि हामीले यो सम्झौता गरेका हौं । अब खेलाडीको उपचारका लागि विमाको रुकमले कभर गर्ने भुक्तानी अस्पतालले सिधै प्रभु इन्स्युरेन्ससँग दाबी गर्नेछ ।’

मेडिसिटीका महाप्रबन्धक रिमालले पनि विमित खेलाडीको उपचार खर्च सोझै प्रभुसँग भुक्तानी लिइने उल्लेख गर्दै भने,‘प्रभु र हाम्राबीचमा त्यो सम्झौता पहिलादेखि नै छ ।’ उनले मेडिसिटीले स्पोर्टस मेडिसिनलाई सुरुवातबाट प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरुको उपचारका लागि अस्पतालमा सबै खाले सुविधा रहेको बताए ।

‘फिजियोथेरापीसँगै फुड एन्ड न्यूट्रेसनमा पनि हामी खेलाडीलाई सल्लाह दिनेछौं, उनले भने,‘फुटबल खेलाडी र परिवारको हकमा अस्पतालको तर्फबाट सहयोग रहनेछ ।’ एन्फाले आयोजना गर्ने प्रतियोगितामा खेल स्थलमा मेडिकल टोली र एम्बुलेसन्स पनि अस्पतालले उपलब्ध गराउने महाप्रवन्धक रिमालले जानकारी दिए ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.