default_image

3 years ago

March 21, 2021

राष्ट्रिय फुटबल टोलीले नयाँ जर्सी लगाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने थ्री नेसन्स कपबाट नयाँ जर्सी प्रयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोशाक उत्पादक कम्पनि केटिएम सिटीसँग नयाँ सम्झौता गरेपछि टोलीले नयाँ जर्सी लगाउने भएको हो । एन्फा र केल्मीबीच सम्झौता समाप्त भएसँगै एन्फाले खुला प्रतिस्पर्धामार्फत इच्छुक संस्थाहरुलाई राष्ट्रिय टोली […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने थ्री नेसन्स कपबाट नयाँ जर्सी प्रयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोशाक उत्पादक कम्पनि केटिएम सिटीसँग नयाँ सम्झौता गरेपछि टोलीले नयाँ जर्सी लगाउने भएको हो ।

एन्फा र केल्मीबीच सम्झौता समाप्त भएसँगै एन्फाले खुला प्रतिस्पर्धामार्फत इच्छुक संस्थाहरुलाई राष्ट्रिय टोली तथा एन्फाको पोसाक निर्माणका लागि आव्हान गरेको थियो । यसका लागि चार संस्थाले आवेदन प्रस्तुत गरेपछि एन्फाले केटिएम सिटीलाई रोजेको हो । यसअघि एन्फासँग सम्झौता रहेको केल्मीले भने आवेदन दिएको थिएन ।

केटिएम सिटी र एन्फाबीच एक वर्षको लागि सम्झौता भइसकेको छ । संघले छिट्टै नै पत्रकार सम्मेलनमार्फत जर्सी सार्वजनिक तथा सम्झौता बारे विवरण जारी गर्ने बुझिएको छ । हाललाई यसै प्रतियोगिताको लागि मात्र सामग्री तयार पारिएको छ ।

पछिल्लो समय एन्फाको साधारण सभा, फुटसल कमिटि सदस्य तथा राष्ट्रिय टोलीको प्रशिक्षण लगायत पोशाकका लागि पनि केटिएम सिटीको सामग्री प्रयोगमा आइसकेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.