default_image

3 years ago

March 21, 2021

युभेन्टस आफ्नै मैदानमा बेनेभेन्टोसँग पराजित

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस आफ्नै मैदानमा बेनेभेन्टोसँग पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्टसले पहिलो रोजाइकै टोली उतारेपनि १६ औं स्थानको बेनेभेन्टोसँग १-० को हार बेहोरेको हो । बल पोसेसनमा दबाब कायम गर्दै लगातार आक्रमण बुनेपनि युभेन्टसले खेलमा गोल गर्न सकेन । पाहुना टोलीका लागि अडोल्फो गाइचले ६९ औं […]

58 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस आफ्नै मैदानमा बेनेभेन्टोसँग पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्टसले पहिलो रोजाइकै टोली उतारेपनि १६ औं स्थानको बेनेभेन्टोसँग १-० को हार बेहोरेको हो ।

बल पोसेसनमा दबाब कायम गर्दै लगातार आक्रमण बुनेपनि युभेन्टसले खेलमा गोल गर्न सकेन । पाहुना टोलीका लागि अडोल्फो गाइचले ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

युभेन्टसले खेलमा पछि परेपछि एक पछि अर्को गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । गोलरक्षक लोरेन्जो मोन्टिपोले केहि सुन्दर बचाउ गर्दै टोलीलाई अनपेक्षित जित दिलाए । उनले अन्तिम ५ मिनेटमा मात्र क्रिस्टियानो रोनाल्डोको दुई प्रहार विफल पारेका थिए ।

खेल सुरु हुनुअघि रोनाल्डोलाई विशेष जर्सी पाएका थिए । रोनाल्डोले पेलेको सर्वाधिक गोलको किर्तिमान तोडेको अवसरमा ७ सय ७० गोल तथा गोट (ग्रेटेस्ट अफ अल टाइमअर्थात इतिहासकै सर्वोत्कृष्ट खेलाडी ) अंकित जर्सी हस्तान्तरण गरिएको थियो ।

यस हारले युभेन्टसको उपाधि रक्षा गर्ने लक्ष्यमा भने ठूलो धक्का लागेको छ । इन्टर मिलानले २७ खेलमा ६५ अंक जोड्दा युभेन्टस २७ खेलमा ५५ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको एसी मिलानको ५६ अंक छ । चौथो स्थानको एटलान्टाले २८ खेलमा ५५ अंक नै जोडेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.