default_image

3 years ago

March 21, 2021

सुर्खेत जिल्ला लिगका लागि छनोट अर्को साता सुरु हुने

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत जिल्ला लिगका लागि छनोट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । चैत २१ देखि नकआउटका आधारमा छनोट प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा हुने सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ सहभागी हुन चाहने टोलीले चैत १४ गते सम्म ५ हजार १ सय रुपैयाँ शुल्कसहित दर्ता गराइसक्नु पर्ने बताइएको छ । त्यस्तै सहभागी […]

112 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत जिल्ला लिगका लागि छनोट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । चैत २१ देखि नकआउटका आधारमा छनोट प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा हुने सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ

सहभागी हुन चाहने टोलीले चैत १४ गते सम्म ५ हजार १ सय रुपैयाँ शुल्कसहित दर्ता गराइसक्नु पर्ने बताइएको छ । त्यस्तै सहभागी टोलीले स्थायी लेखा नम्बर प्यान र खेलाडीको जीवन विमा अनिवार्य गराउनुपर्ने सुर्खेत एन्फाका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

छनोटको अन्तिम ६ मा पुग्ने टोली जिल्ला लिगका लागि छनोट हुनेछन् । गत वर्ष शीर्ष ६ मा रहेका टोली र यसपटक छनोट हुने ६ टोली गरि १२ टोलीीच लिग हुने बताइएको छ ।

यस्तै बीच, फागुनमा सम्म भएको मेयर कप प्रतियोगिताको फाइनल खेलमा नियम, मर्यादा र खेलाडीको अनुशासन विपरित कार्य गरेको भन्दै वडा नम्बर ४ का गोलकिपर मानसिहं गुरुङलाई कारवाही गरिएको सुर्खेत एन्फाले जनाएको छ ।

अनुशासन समितिको सिफारिस आधारमा मानसिंहले सुर्खेत एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल अवधिभर हुने फुटबलको कुनैपनि गतिविधिमा संगलग्नता हुन नपाउने गरि प्रतिबन्ध लगाइएको बताएको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.