default_image

3 years ago

March 26, 2021

सुआरेजको हालान्ड रोजाइ र बार्सिलोना सम्बन्ध

एजेन्सी – यदि कसैले फुटबलमा ९ नं जर्सी कस्ता खेलाडीले लगाउछन् भन्ने जान्न छ भने एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजलाई हेर्दा पुग्छ । आइतबार ला लिगामा आल्भेसविरुद्ध गोल गर्दै सुआरेजले खेल जीवनमा ५ सय गोल पूरा गरे । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उरुग्वेली अन्तर्राष्ट्रिय एट्लेटिको पुगेका थिए । आफ्नो करिअरको ५ सय गोल पूरा गरिसकेपछि […]

33 views

0 Bookmark

एजेन्सी – यदि कसैले फुटबलमा ९ नं जर्सी कस्ता खेलाडीले लगाउछन् भन्ने जान्न छ भने एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजलाई हेर्दा पुग्छ । आइतबार ला लिगामा आल्भेसविरुद्ध गोल गर्दै सुआरेजले खेल जीवनमा ५ सय गोल पूरा गरे ।

बार्सिलोना छाडेर सिजनको सुरुवातमा उरुग्वेली अन्तर्राष्ट्रिय एट्लेटिको पुगेका थिए । आफ्नो करिअरको ५ सय गोल पूरा गरिसकेपछि सुआरेजले आफ्नो फर्मका बारेमा पनि बोलेका छन् । ‘मलाई लाग्छ आफूले खेलिरहेको लिगकै क्लब परिवर्तन गर्न पाउनुमा भाग्यको पनि साथ छ । उनै रेफ्रीहरु । टोलीका साथीहरु पनि चिनजानका । त्यस्तो धेरै परिवर्तन केहि छैन, उनले थपे,‘ म खुसी छु । टोली आज जहाँ छ त्यसका लागि सहयोग गर्न पाउँदा खुसी छु ।’

एट्लेटिको ला लिगामा हाल शीर्षस्थानमा छ । २८ खेलको समाप्तीमा दोस्रो स्थानको बार्सिलोना भन्दा एट्लेटिकोको ४ अंक बढी छ । सुआरेजले टोलीका मार्कोस लोरेन्टे र जान ओब्लाकका बारेमा पनि प्रतिक्रिया दिएका छन् । ‘लोरेन्टे उत्कृष्ट लयमा छन् । उनले टोलीका लागि निकै सहयोग गरेका छन् । उनले टोलीको प्रदर्शनमा प्रभाव पारेका छन्, उनले भने, ‘ ओब्लाक विश्व स्तरीय हुनुमा कारण छ । उनी भाग्यशाली पनि रहे । टोलीलाई सहयोग गरे । जसले उनको मनोबल पनि बढेको छ ।’

सुआरेजले वर्तमान फुटबलमा युवा फरवार्ड इर्लिङ हालान्डको पनि तारिफ गरेका छन् । ‘हालान्ड उत्कृष्ट खेलाडी हुन् । उनी सानदार स्तरमा छन् । शारीरिक रुपमा पनि उनी निकै बलिया छन्,’ उनले भने, ‘ उनी जर्सी नं ९ लगाउने मध्ये उत्कृष्ट एक हुन् । आउने युगले त्यसको विश्लेषण गर्नेछ । म केहि हदसम्म हालान्डको पक्षमा छु । तर एमबाप्पे पनि उत्कृष्ट स्तरमा छन् ।’

बार्सिलोनाको खेल हेर्ने गरेको र लिओनस मेस्सीसँग पनि निरन्तरत सम्पर्कमा रहेको सुरुआजले बताएका छन् । ‘म उनीहरुलाई हेर्छु । किनकी मलाई फुटबल हेर्न मन पर्छ । म क्लबको प्रशंसक हुन्’, उनले भने, ‘मेस्सीसँग लगभग हरेक दिन कुरा हुन्छ । तर कहिले काहि खेलका कारण सम्भव हुन् । सबैलाई थाहा छ क्लब प्रतिको मेरो भावना । त्यस्तै उनीहरुले पनि मलाई सम्झन्छन् ।’

लिभरपुलका पूर्व स्ट्राइकर सुआरेजले डिएगो सिमेवनको प्रशिक्षणमा ला लिगामा यो सिजन २५ खेलमा १९ गोल गरिसकेका छन् । उनको प्रस्थानपछि भने बार्सिलोनालाई आक्रमणमा जम्न केहि समय लागेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.