default_image

5 years ago

March 24, 2021

विराजले थ्री नेसन्स कपबाट सन्यास लिने

324 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका दौरान विराजले औपचारिक रुपमा सन्यास लिनेछन् । एक वर्ष भन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्व कप छनोटको खेलमार्फत सन्यास लिने सोच बनाएका थिए ।

विश्व कप छनोटको खेल दशरथ रंगशालामा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेशका राष्ट्रिय टोली तथा कीर्गिस्तानको यू २३ सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो । यहि प्रतियोगितामार्फत विराजले सन्यास लिने व्यवस्थापनसँग प्रस्ताव राखेपछि आफूलाई थ्री नेसन्सको टोलीमा राखिएको विराजले विश्वास लिएका छन् । विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने बताए ।

‘अब म अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णयमा पुगेको छु,’ विराजले हाम्रो खेलकुदसँग भने, ‘थ्री नेसन्स कप मेरो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । दशरथ रंगशालामा खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिन पाउने आशा राखेको छु । यो सबै वातावरण मिलाइदिएकोमा म एन्फा र प्रशिक्षण टोलीलाई धन्यवाद दिन चाहान्छु ।’

आफ्नो जीवन फुटबलबाहेक कल्पना गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘म फुटबलबाट कहिल्यै टाढा रहन सकिन । मैले आफूलाई फुटबलबाट अलग राख्न सकेको छैन । तर खेल जीवनमा सबैले खेल जीवनको अन्त्य गर्नै पर्ने हुन्छ । छोड्न् निर्णय लिन दुःख पक्कै लागेको छ । यो नियम हो । सुरुवात पछि अन्त्य हुन्छ नै । मेरो पनि अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य हुने क्रममा छ । मलाई सबै परिस्थितिमा सहयोग गर्ने सबैप्रति जीवन भर आभार रहनेछु ।’

थ्री नेसन्स कपमा नेपालले बिहीबार कीर्गिस्तान टोलीसँग खेल्नेछ । त्यस्तै चैत १२ मा बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्नेछ । फाइनल पुग्न सकेको खण्डमा चैत १६ विराजको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्छ । ‘फाइनल पुग्न नसकेको खण्डमा भने चैत १२ उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । खेलेरै विदा लिने मन छ । त्यो प्रशिक्षकले निर्णय गर्नुुहुनेछ,’ उनले भने , ‘यो प्रतियोगितामा हाम्रो यात्रा जहाँ सम्म हुन्छ । त्यहि मेरो अन्तिम खेल हुनेछ ।’

विराज नेपालका सफल कप्तान मध्ये पर्दछन् । सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । दशक भन्दा लामो समय खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।

त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज मैदानका कप्तान थिए । तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका विराज अर्को महिना हुने नेपाल सुपर लिगका लागि भने अनसोल्ड रहेका थिए ।

झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज एन्फा एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् । सबै उमेर समूहबाट खेलेका विराजन नेपालका सर्वाधिक ७२ क्याप जित्ने खेलाडी हुन् । उनले आफ्नै प्रशिक्षक समेत रहेका पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए । विराज नेपाली फुटबलका सफल रक्षक मध्येका एक मानिन्छन् । नेपाली फुटबलले उनलाई सफल कप्तान र अनुशासित खेलाडीका रुपमा पक्कै सम्झने नै छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.