default_image

3 years ago

March 24, 2021

‘मिडफिल्डकै भरमा आक्रमण’

सुबास हुमागाईं, काठमाडौं थ्री नेसन्स कपमा पहिलो खेलको पूर्वसन्ध्यामा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको २३ सदस्यीय टोली घोषणा गरे । महर्जनले घोषणा गरेको टोलीमा मुख्य फरवार्डका रुपमा भरत खवास मात्र छन् । तर प्रशिक्षक महर्जन मिडफिल्ड हेभी देखिएपनि आक्रमणमा खेल्न सक्ने खेलाडी रहेकाले समस्या नहुने बताउँछन् । नेपाली टोलीमा लामो समयदेखि आक्रमण सम्हालिरहेका फरवार्ड नवयुग श्रेष्ठ देखिएनन् […]

79 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

थ्री नेसन्स कपमा पहिलो खेलको पूर्वसन्ध्यामा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको २३ सदस्यीय टोली घोषणा गरे । महर्जनले घोषणा गरेको टोलीमा मुख्य फरवार्डका रुपमा भरत खवास मात्र छन् । तर प्रशिक्षक महर्जन मिडफिल्ड हेभी देखिएपनि आक्रमणमा खेल्न सक्ने खेलाडी रहेकाले समस्या नहुने बताउँछन् ।

नेपाली टोलीमा लामो समयदेखि आक्रमण सम्हालिरहेका फरवार्ड नवयुग श्रेष्ठ देखिएनन् । नवयुग टोलीमा नपर्नुको कारणबारे सोध्दा महर्जनले उनीमात्र नभएर अन्य खेलाडी पनि टोलीमा नरहेको भन्दै प्रष्ट जवाफ दिन चाहेनन् । उनले यो प्रतियोगिता विश्वकप छनोटका खेलका लागि तयारीका रुपमा मात्र भएकाले अन्य खेलाडी पनि नरहेको बताए ।

‘अन्य खेलाडी पनि टोलीमा छैनन् । थ्री नेसन्स प्रतियोगिता विश्वकप छनोटको तयारीका रुपमा मात्र रहेको छ । अब यो प्रतियोगिता सकिएपछि बाहिरिएका खेलाडी फेरी समावेश हुनेछन् र तयारी गर्नेछौं । उनीहरुले त्यहाँ आफ्नो प्रदर्शन सुधारेर टोलीमा फर्कने सम्भावना छ,’ महर्जनले भने ।

महर्जनले यसो भनिरहँदा नेपालको वर्तमान टोलीमा मुख्य फरवार्डका रुपमा खेलिरहेका खेलाडीका रुपमा आर्मीका कप्तान भरत मात्र छन् । त्यसो त भरतले पनि लगातार मुख्य फरवार्डको भूमिका निभाएका छैनन् । घरेलु फुटबलमा आर्मी होस् या राष्ट्रिय टोलीले उनले विङ्गमा पनि खेलेका छन् । महर्जनले अन्जन विष्ट र दर्शन गुरुङले उक्त पोजिसनमा खेल्न सक्ने बताएपनि दुवै नियमित विङ्गमा खेल्दै आएका हुन् ।

फरवार्डका रुपमा रहेका अर्का खेलाडी अभिषेक रिजालले पनि राष्ट्रिय टोलीबाट कुवेतविरुद्ध आक्रमण सम्हालेका थिए । तर त्यस खेलमा उनको प्रदर्शन बिर्सनलायक थियो । क्लब फुटबलमा उनी भर्खर भारतको आइलिगमा आइज्वाल एफसीबाट खेलेर फर्किएका छन् । आइलिगका ५ खेल खेलेका उनले एक खेलमा सुरुवाती रोजाइमा खेलेका थिए । सबै खेलमा उनी विंगरकै भूमिकामा थिए । राष्ट्रिय टोलीमा उनले प्रशिक्षण गरेको केहि दिन मात्र भएको छ ।

महर्जनले ३३ खेलाडीबाट २३ खेलाडी छनोट गर्दा नवयुगसँगै अर्का फरवार्ड आशिष लामालाई पनि टोलीमा राखेनन् । ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका उनले त्यसअघि नोभेम्बरमा भएको बंगलादेशविरुद्ध सिरिज पनि गुमाएका थिए । इतिहासमै आक्रमणमा कमजोर रहेको टोलीले घरेलु मैदानमा भएको प्रतियोगितामा एकमात्र ‘आउट एन्ड आउट’ फरवार्ड राख्दा मुख्य रणनीतिमा असर नपरेपनि विकल्पमा भने कमी आउने देखिन्छ ।

डिफेन्समा पनि युवा डिफेन्डर विकास खवास टोलीमा नहुनुले समर्थकबाट केहि प्रश्न खडा भएको देखिन्छ । बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा उच्च प्रदर्शन गरेका उनले दक्षिण एसियाली खेलकुदमा पनि धेरैको मन जितेका थिए । अहिले डिफेन्समा देवेन्द्र तामाङ घाइते हुनु र अनन्त तामाङ पूर्णत फिट नहुनुले उनले अवसर पाउने देखिएको थियो । तर महर्जनले उनलाई बाहिर राख्दै टोलीमा छिरिङ गुरुङलाई समेटेका छन् । राइट ब्याकका रुपमा छिरिङसँगै विराज महर्जन र दीनेश राजवंशी पनि रहेका छन् । दिनेशले पहिलो रोजाइमा खेल्ने सम्भावना बढी देखिन्छ ।

मिडफिल्डमा त्रिदेव गुरुङको समावेशीले पनि धेरैलाई अचम्मित पारेको छ । प्रशिक्षक महर्जनले त्रिदेवसँगै सन्जोग र निशानलाई टोलीमा समेट्नुको कारण उनीहरुको प्रदर्शनमा एकरुपता हुनु नै रहेको बताए । ‘ अहिले प्रशिक्षणमा मात्र नभएर त्यसअघि देखि नै मैले उनीहरुलाई नजिकबाट नियालेको थिएँ । अहिले टोलीमा परेका छन् । अब उनीहरु सिधै खेल्ने वा नखेल्ने त भन्न सकिन्न तर योजनामा भने छन्,’ उनले थपे ।

कप्तान किरण चेम्जोङले पनि छनोटका क्रममा प्रशिक्षकहरुले राम्रो निर्णय गरेको बताए । ‘प्रशिक्षकहरु लामो समयदेखि टोलीसँग नै हुनुहुन्छ । वहाँहरुले सहि निर्णय लिनुभएको छ भन्ने मैले मानेको छु । कोहि समर्थकलाई आफ्नो खेलाडी नपर्दा दुख लाग्ला, तर प्रशिक्षकको निर्णय राम्रो नै छ । खेलाडी प्रदर्शनको आधारमा टोलीमा पर्ने हो नामको आधारमा होइन, कप्तान किरणले भने ।

विगतमा सेन्टर मिडफिल्ड सम्हाल्दै आएका रोहित चन्दले डिफेन्डरका रुपमा खेल्ने पक्काजस्तै छ । उनीसँग अनन्त तामाङलाई खेलाउने वा नखेलाउने भन्ने दुविधामा पनि प्रशिक्षक महर्जन छन् । गत साता मात्र प्रशिक्षणमा फर्केकाले महर्जनले दोस्रो खेलमा मात्र उनलाई प्रयोग गर्न सक्छन् । तर रोहितसँग खेल्न सेन्टर डिफेन्सको अन्य उचित विकल्प नहुँदा अनन्तलाई लिएर जोखिम लिनुपर्ने अवस्था छ । लेफ्ट डिफेन्समा रन्जित धिमाल र राइट डिफेन्समा दीनेशकै सम्भावना देखिन्छ ।

मिडफिल्डमा भने तेज तामाङ खेल्ने लगभग पक्का छ ।त्यसपछि भने महर्जनले कुन रणनीति अपनाएर मिडफिल्ड उतार्छन् भन्ने हेर्न बाँकी छ।अघिल्लो दिन पनि आफ्नो रणनीतिबारे प्रष्ट हुन नचाहेका महर्जन अंक जोड्नकै लागि खेल्ने भनिरहेका थिए । ‘हामी अंक जोड्न खेल्नेछौं ।खेलको अवस्था अनुसार ३ अंक वा १ अंक भन्ने योजना हुनेछ । रणनीतिबारे भने अहिले केहि भन्ने अवस्था छैन,’ उनले थपे ।

सेन्टर मिडफिल्डमा विशाल राई र एरिक विष्ट तेजको पार्टनरका रुपमा खेल्न तयार छन् । त्यसो त विगतमा सुजल श्रेष्ठलाई पनि उक्त भूमिकामा उतारिएको थियो । सुजल पनि चोटबाट फर्कंदै गरेका कारण सुरुवातमै नखेल्न सक्छन् । विङ्गमा नयाँ अनुहार त्रिदेव र सन्जोगसँगै रवी पासवान र सुनिल बल विकल्पका रुपमा छन् । भरत खवास एकल फरवार्ड भएपनि ४-४-२ को फर्मेसनमा उत्रिए अन्जन वा अभिषेकले उनलाई साथ दिनेछन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग खेल्दा फाइनलमा स्थान बनाउने अवसर पनि छ । जित हासिल गरे नेपाल र बंगलादेश शनिबार समूह चरणको अन्तिम खेल र सोमबार फाइनल खेल्नेछन् । बराबरीको हकमा भने नेपालले अन्तिम खेलमा हार टारेमात्र पनि फाइनलमा स्थान पक्का गर्नेछ । पहिलो खेलमा किर्गिस्तानको प्रदर्शन अपेक्षा गरेभन्दा कमजोर रहेको महर्जनले बताएका छन् । तर विपक्षी टोली अब जित हासिल गर्नैपर्ने दबाबमा रहेकाले उनी त्यसबारे सचेत छन् ।

प्रशिक्षक महर्जन र कप्तान किरणको पूरा अन्तर्वार्ता :

नेपाली टोली :

गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड – अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.