default_image

3 years ago

March 25, 2021

वेल्समाथि बेल्जियमको पूनरागमन जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो । बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे । वेल्सका ह्यारी विल्सनको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा कप्तान ग्यारेथ बेलको […]

76 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो ।

बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे । वेल्सका ह्यारी विल्सनको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा कप्तान ग्यारेथ बेलको पासमा ह्यारी विल्सनले गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाएका थिए । तर वेल्सको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा थोर्गन हाजार्डको पासमा केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए ।

२८औं मिनेटमा थोमस म्युनियरको पासमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ७३औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल थप्दै बेल्जियमको जित पक्का गरे ।

केभिन डि ब्रुयनको क्रसलाई ड्रिएस मेर्टिन्सले प्रहार गर्न खोज्दा मेफामले फल गर्न पुगेपछि बेल्जियमले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले चुकाएन् । जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ । पराजित वेल्सले अंक जोड्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले इस्टोनियामाथि ६–२ को सानदार पूनरागमन जित हात पारेको छ । चेकको सानदार जितमा थोमस सौसेकले ह्याट्रिक पुरा गर्दा प्याट्रिक चिक, एन्टोनिन बाराक र जाकुव जान्कटुले समान एक गोल गरे । घरेलु टोली इस्टोनियाका राउने सापिनेन र हेन्री एनिएरले गोल फर्काए ।

जितपछि चेक ३ अंक जोडेर समुूह ‘ई’ मा शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि बेल्जियम दोस्रो स्थानमा रहेको छ । अंकविहीन वेल्स तेस्रो तथा इस्टोनिया पुछारमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.