default_image

3 years ago

March 26, 2021

सुनौलो संगम विजय स्मृतिको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – फर्साटिकर एफसी रुपन्देहीलाई हराउँदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगम बुटवलले फर्साटिकरलाई टाइब्रेकरमा ५–३ ले पराजित ग¥यो । क्याम्पा चौरमा टाइब्रेकरमा फर्साटिकरका भुपाल गुरुङ गोल गर्न चुके । त्यसअघि निर्धारित समयको खेल २–२ को […]

30 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – फर्साटिकर एफसी रुपन्देहीलाई हराउँदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगम बुटवलले फर्साटिकरलाई टाइब्रेकरमा ५–३ ले पराजित ग¥यो ।

क्याम्पा चौरमा टाइब्रेकरमा फर्साटिकरका भुपाल गुरुङ गोल गर्न चुके । त्यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । २२ औं मिनेटमा शरद क्षेत्रीले गोल गर्दै सुनौलो समाजलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता एक मिनेट पनि टिक्न सकेन । २३ औं मिनेटमा फर्साटिकर खेलमा फर्कियो । नवराज गुरुङले बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा २० औं मिनेटमा सन्जु सेनले गोल गर्दै फर्साटिकरलाई २–१ को अग्रता दिलाए । ७८ औं मिनेटमा सुनौलोका लागि शरदले दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । शदर खेलको म्यान अफ दी म्याच घोषित भए र ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा शनिबार अफ्रिकन रूट्स एसोसिएसन क्यामरून र अभिषेक चर्च रजहरबीच प्रतिस्पर्धा हुनेछ ।

चितवन जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार र विधागत रुपमा उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.