default_image

3 years ago

April 11, 2021

फातीको पुनरागमन अनिश्चित

26 views

0 Bookmark

एजेन्सी – अन्सु फाती बार्सिलोना र स्पेनका लागि एक महत्वपूर्ण खेलाडीका रुपमा स्थापित हुने क्रममा थिए । ला लिगा, च्याम्पियन्स लिग वा अन्तर्राष्ट्रिय फुटबलमा पनि उनीबाट धेरै अपेक्षा गरिएको थियो । फातीबाट धेरै गोलको आशा गरिएको थियो ।

तर, दुर्भाग्य नोभेम्बरमा उनको बायाँ घुँडामा चोट लाग्यो । तत्काल उनको शल्यक्रिया भयो । तर, अहिले उनीको पूनरागमन भने योजना अनुसार नहुने देखिएको छ । उनको पूनरागमनका लागि क्लब आशावादी रहेपनि कहिले फर्कन्छन् भन्ने यकिन भएको छैन ।

रियल बेटिससँगको खेलका दौरान नोभेम्बर ७ मा फातीको घुँडामा चोट लागेको थियो । त्यसको दुई दिन पछि उनको घुँडाको शल्यक्रिया भएको थियो । १८ वर्षे प्रतिभावान खेलाडीले चार महिनामा पूनरामगन गर्ने अपेक्षा गरिएको थियो । तर त्यो भन्दा बढी पनि उनले प्रतिक्षा गर्नुपर्ने अनुमान गरिएको थियो । तर सोचे जस्तो उनी मैदानमा फर्कने सम्भावना कम रहेको बताइएको छ ।

थुप्रै विशेषज्ञले उनको चोटको अवस्थाका बारेमा हेरिएको बताएको छ । तर पूनरागमनको मिति भने तय भएको छैन । बार्सिलोनाले पनि उनको पूनरागमनका लागि हतार गरेको छैन । कारण उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् । त्यसैले बार्सिलोना उनलाई लिएर जोखिम मोल्न चाहदैन ।

बार्सिलोनामा उनको सम्झौता सन् २०२२ सम्म रहेको छ । क्लबले उनीसँगको सम्झौता बढाउन चाहिररहेको छ । रोनाल्ड कोम्यानको प्रशिक्षणमा १४ खेल खेल्दै फातीले ६ गोल गरेका थिए ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.