default_image

3 years ago

March 29, 2021

सफल किरणलाई घरमा जुरेको अवसर

183 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

समकालिन गोलकिपरमा किरण चेम्जोङ निर्विवाद नम्बर एक गोलकिपर हुन् । एक दशक भन्दा लामो समययता राष्ट्रिय टोलीको गोलपोष्ट सम्हालेबाट पनि यो प्रष्ट हुन्छ । उनले खेल जीवनबाट विश्राम लिदा देशकै सर्वकालिन सफल गोलकिपर बन्ने सम्भावना पनि त्यत्तिकै छ । त्यसको अर्को बलियो कारण हो उनको सफल व्यवसायिक खेल जीवन हो । उनले राष्ट्रिय टोलीबाट एएफसी सोलिडारिटी कप जितेका छन् । व्यवसायिक फुटबल यात्रामा उनले तीन अलग देशबाट लिग उपाधि जितेका छन् ।

थ्री स्टार क्लबबाट लामो समय घरेलु फुटबल खेलेका उनी ५ सिजनदेखि विदेशी लिगमा खेल्दै आएका छन् । थ्री स्टारबाट झन्डै ८ वर्ष खेल्दा उनले लिगसहित देशका अधिकांश नकआउट उपाधि जितेका थिए । धनकुटामा जन्मेका किरण सन् २०१७/१८ सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबमा आबद्ध भए । जहाँ उनले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । किरण त्यति बेला माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर पनि बने ।

माल्दिभ्सबाट फर्केर तत्काल उनी आइ लिग टोली तत्कालिन मिनार्वा पञ्जाब (हालको राउन्डग्लास पञ्जाब एफसी) जोडिए । त्यो सिजन पञ्जाब आई लिगको विजेता बन्यो । २०१८/१९ मा टिसी स्पोर्टसमा पुनः आबद्ध भएका उनी पछिल्लो दुई सिजन पञ्जाबमा छन् । यसपटक पनि उनले पञ्जाबबाट उच्च प्रदर्शन गरे । अन्तिम खेलअघि नै उनी थ्री नेसन्सका लागि स्वदेश फर्केका थिए ।

यसपटक पञ्जाबले चौथो स्थानमा रहँदै आइ लिगको अन्त्य गरेको छ । त्यसका वावजुद किरण आई लिगको उत्कृष्ट गोलकिपर बन्न सफल भएका छन् । किरण तीन देशको लिग च्याम्पियनको सदस्य मात्र होइन, उनी तीनै लिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् । उनको सफलतालाई हेर्दा आउने पुस्ताका लागि त्यो चुनौतीको पहाड हुनेछ ।

यसपटक आई लिगमा १४ खेल खेलेका किरणले ७ खेलमा क्लिन सिट राखेका थिए । उनले टोलीलाई आई लिग जिताउने लक्ष्य पूरा हुन नसकेमा खल्लो लागेको सुनाए । ‘हामीले निकै मेहनत गरेका थियौं’, उनले भने, ‘अरुले पनि त्यत्तिकै मेहनत गरेका थिए । आई लिग निकै प्रतिस्पर्धात्मक छ । के हुन्छ नतिजा आँकलन गर्नै सकिदैन ।’

उनले अर्को उद्देश्य उत्कृष्ट गोलकिपर बन्नु रहेको स्मरण गर्दै भने, ‘आई लिग सुरु हुँदा नै पहिलो टोलीलाई च्याम्पियन बनाउने र अर्को आफू उत्कृष्ट गोलकिपर बन्ने भन्ने थियो । पहिलो उद्देश्य पूरा हुन सकेन । व्यक्तिगत रुपमा उत्कृष्ट बन्नू मेरो लागि ठूलो सफलता हो ।’

३१ वर्षे किरण अर्को एतिहासको नजिक उभिएका छन् । सोमबार आफ्नो कप्तानीमा टोलीलाई थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसर उनका सामू छ । त्यसका लागि उनी उत्साहित पनि छन् । ‘आफ्नो कप्तानीमा देशमा उपाधि जिताउनका लागि म उत्साहित छु,’ उनले भने, ‘हामीले पछिल्ला दुई खेल राम्रो खेलेका छौं । यद्दपी गोल हुन सकेको छैन । फाइनलमा हामी च्याम्पियन बन्नका लागि हरसम्भव प्रयास गर्नेछौं । मलाई आफ्नो टोलीप्रति पूर्ण विश्वास छ ।’

सन् २००८ मा कम्बोडियामा एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनी अहिले टोलीका सिनियर खेलाडीमा पर्छन् । उनले आफ्नो खेल जीवनबाट एक पटक देशलाई साफ च्याम्पियनसिप उपाधि दिलाउने सपना भने अझै पूरा भएको छैन । उनले बारम्बार भन्ने गरेका छन्, ‘म खेल्दै कम्तीमा एक पटक साफ च्याम्पियन बनाउने सपना छ । आशा छ हामीले पूरा गर्नेछौं ।’ दक्षिण एसियाली राष्ट्रमा सबै भन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको साफ च्याम्पियनसिप जित्न सके किरण देशकै सबैभन्दा सफल गोलकिपर रुपमा इतिहास रच्नेछन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.