default_image

3 years ago

March 29, 2021

इटाली र जर्मनी विजयी

एजेन्सी – इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् । इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । […]

70 views

0 Bookmark

एजेन्सी – इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् । इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । ४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

आफैलाई पेनाल्टी बक्समा डिमोभले लडाएपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए ।

यही समूह ‘सी’ को अर्काे खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस नतिजापछि समान ६ अंक भएपनि गोल अन्तरमा इटाली शीर्ष र स्वीट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ । लिथुआनिया, नर्दन आयरल्यान्ड र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै समूह ‘जे’ को खेलमा जर्मनीले रोमानियामाथि १–० को झिनो जित निकालेको छ । जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो । यस्तै अर्काे खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–० ले तथा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको छ ।

यस नजितापछि समूह ‘जे’ मा समान ६ अंक भएपनि जर्मनी शीर्ष तथा अर्मेनिया दोस्रो स्थानमा रहेको छ । समान ३ अंक भएपनि नर्थ म्यासेडोनिया र रोमानिया तेस्रो र चौथो स्थानमा रहेको छ । आइसल्यान्ड र लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

अन्य नतिजा
समूह ‘बी’ – जर्जियाविरुद्ध स्पेन (१–) र कोसोभोविरुद्ध स्वीडेन (०–)
समूह ‘सी’ – बुल्गेरियाविरुद्ध इटाली (०–) र स्वीट्जरल्यान्डविरुद्ध लिथुआनिया (–०)
समूह ‘डी’ – काजकस्तानविरुद्ध फ्रान्स (०–) र युक्रेनविरुद्ध फिनल्यान्ड (१–१)
समूह ‘एफ’ – डेनमार्कविरुद्ध माल्दोभा (–०), अष्ट्रियाविरुद्ध फारोइ आइल्यान्ड (–१) र इजरायलविरुद्ध स्कटल्यान्ड (१–१)
समूह ‘आई’ – पोल्यान्डविरुद्ध एन्डोरा (–०), अल्वानियाविरुद्ध इंग्ल्यान्ड (०–) र सानमारिनोविरुद्ध हंगेरी (०–)
समूह ‘जे’ – रोमानियाविरुद्ध जर्मनी (०–), अर्मेनियाविरुद्ध आइसल्यान्ड (–०) र नर्थ म्यासेडोनियाविरुद्ध लिचेस्टाइन (–०)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.