default_image

3 years ago

March 29, 2021

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ५ः३० बजे हुनेछ । विश्वकप छनोटका खेल स्थगित भएपछि भएको थ्री नेसन्स कपको आयोजना हुदाँ घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर फिनिसिङमा चुकिरहेको नेपाल बंगलादेशविरुद्ध गोल गर्दै उपाधि […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ५ः३० बजे हुनेछ ।

विश्वकप छनोटका खेल स्थगित भएपछि भएको थ्री नेसन्स कपको आयोजना हुदाँ घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर फिनिसिङमा चुकिरहेको नेपाल बंगलादेशविरुद्ध गोल गर्दै उपाधि जित्न चहान्छ ।

नेपाल र बंगलादेश तेस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् । दशरथ रंगशालामा नेपाल र बंगलादेशका फुटबल टोलीबीच यसअघि दुईपटक फाइनल खेल भएको थियो । दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करण (सन् १९८४) र आठौं सस्करण (१९९९) को फुटबल फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । पहिलोमा नेपाल ४–२ ले र आठौंमा बंगलादेश १–० ले विजयी भएको थियो ।

फेरि एकपटक नेपाल र बंगलादेश सोमबार दशरथ रंगशालामा आमनेसामने हुँदैछन् । यद्दपी यसअघिका दुई फाइनल जति यो प्रतियोगिताको अर्थ नहोला । तर आखिर फाइनल खेल्ने टोली भने राष्ट्रिय टोली नै हुन् । बंगलादेशी भूमि नेपाली टोलीका लागि भाग्यशाली मानिन्छ ।

१९९३ मा बंगलादेशमा भएको छैटौं सागमा स्वर्ण जितेको नेपाली टोलीले २०७२ मा पछिल्लोपटक बंगबन्धु गोल्ड कप जितेको थियो । नेपाली भूमि बंगलादेशका लागि पनि त्यत्तिकै फलदायी छ । २२ वर्षअघि टोली आठौं सागबाट स्वर्ण पदक लिएर स्वर्ण पदक जितेर फर्केको थियो ।
६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ ।

यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । तर, यसपटक दुवै टोलीको फाइनल यात्रामा गोलको खडेरी देखिएको छ । बंगलादेशका प्रशिक्षक जेम्स डेले दक्षिण एसियाली राष्ट्रमा मात्र नभई एसियाली मुलुकमै समस्या रहेको बताउँदै थ्री नेसन्स कपमा गोल नहुनुलाई अस्वभाविक मानेका छैनन् ।

३ खेलमा अहिले सम्म १ गोल मात्र भएको छ त्यो पनि आत्मघाती रुपमा । किर्गिस्तानका खेलाडीको आत्माघाती गोलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले राएको थियो । नेपालले बंगलादेश र किर्गिस्तान दुवैसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् । आइतबार भएको प्रि–म्याच कन्फरेन्समा महर्जनले भने ‘हामीले दुई खेल खेल्यौं । प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौ । हाम्रो योजना भनेको गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।’

महर्जनले फाइनलमा पहिलो रोजाईमा केहि परिवर्तन हुने संकेत गरेका छन् । भोलिको खेलमा सुरुवाती–११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दैछु,’ उनले भने । नेपालले अघिल्ला दुई खेलमा सुरुवाती–११ परिवर्तन गरेको थिएन ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताए । ‘सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु’ उनले भने, ‘मलाई मेरो टोलीमा पुर्ण विश्वास छ । टोलीका खेलाडीले गोल गर्दै घरेलु मैदानमा उपाधि जित्नेछ । हामीलाई घरेलु मैदान र समर्थकको पनि साथ छ ।’

बंगलादेशका प्रशिक्षक डेले प्रतियोगितामा आफ्नो लक्ष्य खेलाडीलाई अवसर दिनु रहेकोमा त्यो पूरा भएको र अब उपाधि जित्नु वा नाजित्नुले खासै अर्थ नराख्ने बताए । ‘हामी यहाँ खेलाडीलाई परिक्षण गर्न र खेलको अनुभव दिन आएका थियौं । हामीले लिग चरणमा त्यो हासिल गरेका छौं । हामी उपाधि जित्ने भनेर आएका हैनौं । अब अवसर आएको छ र त्यसलाई पनि हासिल गर्न टोली तयार छ,’ उनले भने ।

टोलीका कप्तान जमाल भुयाँले नेपालसँग लगातार खेलिरहेपनि दुवै टोली एकै स्तरमा रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘नेपाल र बंगलादेशको टोलीमा धेरै फरक छैन । हामीले लगातार एक अर्कासँग खेलिरहेका छौं । आशा गरौं हामीले गोल गर्न सक्नेछौं र खेल आफ्नो पक्षमा पार्नेछौं । उपाधि जित्ने अवसर आएकोले उत्साहित छु,’ उनले थपे ।

नेपालले पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यसैले पनि नेपाललाई गोल गर्न दबाब हुनेछ । नेपाल र बंगलादेशबीच हालसम्म २४ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ६ खेलमा विजयी हुदा ४ खेल बराबरीमा सकिएको छ ।

नेपालविरुद्ध बंगलादेश हेड टु हेड

२७ मार्च २०२१ नेपालविरुद्ध बंगलादेश (०–०) मैत्रीपुर्ण

१७ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–०) – मैत्रीपुर्ण

१३ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–२) – मैत्रीपुर्ण

८ सेप्टेम्वर २०१८ नेपालविरुद्ध बंगलादेश (२–०) –साफ च्याम्पियनसिप

१५ जनवरी २०१६ नेपालविरुद्ध बंगलादेश (०–०) – बंगबन्धु

१७ डिसेम्वर २०१५ नेपालविरुद्ध बंगलादेश (०–१) मैत्रीपुर्ण

३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश (२–०) – साफ

४ मार्च २०१३ नेपालविरुद्ध बंगलादेश (०–२) एसियन कप

२० सेप्टेम्वर २०१२ नेपालविरुद्ध बंगलादेश (१–१) – मैत्रीपुर्ण

४ डिसेम्वर २०११ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ

१० डिसेम्वर २००५ नेपालविरुद्ध बंगलादेश (०–२) –साफ

११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ

४ अक्टोवर १९९९ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ

२९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ

२३ डिसेम्वर १९९५ नेपालविरुद्ध बंगलादेश (१–२) –साफ

२७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ

२८ डिसेम्वर १९९१ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ

३० नोभेम्वर १९८७ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ

२६ सेप्टेम्वर १९८६ नेपालविरुद्ध बंगलादेश (०–१) – एसियन गेम्स

१ अक्टोवर १९८४ नेपालविरुद्ध बंगलादेश (–२) – साफ

३० सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ

२५ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (–२) – साफ

२१ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ

२२ सेप्टेम्वर १९८३ नेपालविरुद्ध बंगलादेश (०–१) – मर्डेका कप

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.