default_image

3 years ago

March 29, 2021

थ्री नेसन्स कप फाइनल – टिकटको मुल्य वृद्धि

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको फाइनलको टिकटको मुल्य वृद्धि गरेको छ । एन्फाले थ्री नेसन्स कपको फाइनलमा भिआइपीतर्फ २ हजार र साधरणतर्फ १ हजार रुपैयाँ टिकटको मुल्य तोकेको छ ।

यसअघि भिआइपीतर्फ टिकटको मुल्य १ हजार ५ सय र साधरणतर्फ ७ सय रुपैयाँ रहेको थियो । एन्फा प्रवक्ता किरण राईले फाइनलको टिकटको मुल्य वृद्धि गरिएको जानकारी गराए । थ्री नेसन्स कपको फाइनलमा आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ ।

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसँगै बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीको सहभागिता रहेको थियो । राउन्ड रोविन लिगपछि बंगलादेश शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो ।

नेसन्स कपको तीन खेल सकिदा एक गोलमात्रै (आत्मघाती) भएको छ । बंगलादेशले किर्गिस्तानलाई १–० ले हराउदा किर्गिस्तानले आत्मघाती गोल उपहार पाएको थियो ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.