default_image

3 years ago

March 29, 2021

थ्री नेसन्स कप फाइनल: सन्जोकको डेब्यु गोलमा नेपाल १–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच थ्री नेसन्स कपको फाइनलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध १–० ले अघि बढेको हो । १३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच थ्री नेसन्स कपको फाइनलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध १–० ले अघि बढेको हो ।

१३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाइं बंगलादेशका गोलरक्षक अनिसुर रहमाले बचाएका थिए ।

१८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।

नेपालले आठौं अन्तर्राष्ट्रिय खेलपछि पहिलो गोल गरेका हुन् । विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपाल पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.