default_image

3 years ago

March 29, 2021

अन्तर्राष्ट्रिय फुटबलबाट विराजको सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरे । एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरे । एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत सन्न्यास लिने सोच बनाएका थिए । विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेशका राष्ट्रिय टोली तथा कीर्गिस्तानको यू–२३ सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो ।

यहि प्रतियोगितामार्फत विराजले सन्यास लिने योजना बुनेका थिए । ३१ वर्षीय विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने बताएका छन् । उनले फाइनलमा बंगलादेशविरुद्ध ८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गर्दे आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनले निर्धारित समयको १ मिनेट र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे । खेल सकिएपछि उनलाई टिको सहयात्रीले काधमा बोक्दै मैदान परिक्रमा गराएका थिए ।

‘दशरथ रंगशालामा घरेलु समर्थकमाँझबाट सन्न्यास लिने योजना बनाएको थियो । त्यो पुरा भएको छ । एन्फा, प्रशिक्षण टोली र टिम परिवारप्रति विशेष आभारी छु ।’ सन्न्यासको घोषणापछि विराजले भने, ‘सन्न्यास लिने यो उपयुक्त समय हो । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा निरन्तर रहनेछु ।’

विराज नेपालका सफल कप्तान मध्ये पर्दछन् । सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । दशक भन्दा लामो समय खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।

त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज मैदानका कप्तान थिए । तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज एन्फा एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् ।

सबै उमेर समूहबाट खेलेका विराजले नेपालका सर्वाधिक ७३ क्याप जितेका छन् । उनले आफ्नै प्रशिक्षक समेत रहेका पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए । विराज नेपाली फुटबलका सफल रक्षक मध्येका एक मानिन्छन् । नेपाली फुटबलले उनलाई सफल कप्तान र अनुशासित खेलाडीका रुपमा पक्कै सम्झने नै छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.