default_image

3 years ago

March 30, 2021

चाहे जस्तै विराजको विदाई

प्रकाश तिमल्सिना, काठमाडौं विराज महर्जनले सोचे जस्तै घरेलु समर्थकबीच अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । वर्ष दिन भन्दा लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका विराजको त्यहि मनसायलाई बुझेर अखिल नेपाल फुटबल (एन्फा) विराजलाई यसै महिना अष्ट्रेलिया र चाइनिज ताइपेसँग तय विश्व कप छनोटको तयारीका सिलसिलामा टोलीमा समेटेको थियो । तर, कोभिडका कारण विश्व कप छनोट […]

63 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

विराज महर्जनले सोचे जस्तै घरेलु समर्थकबीच अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । वर्ष दिन भन्दा लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका विराजको त्यहि मनसायलाई बुझेर अखिल नेपाल फुटबल (एन्फा) विराजलाई यसै महिना अष्ट्रेलिया र चाइनिज ताइपेसँग तय विश्व कप छनोटको तयारीका सिलसिलामा टोलीमा समेटेको थियो । तर, कोभिडका कारण विश्व कप छनोट अयन्त्र सर्यो । जसले गर्दा विराजको चाहना पूरा नहुने संकेत देखिएको थियो ।

तर, यहि बीचमा एन्फाले नेपाल, बंगलादेश र किर्गिस्तान यू २३ बीच थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्यो । अर्को तिर राष्ट्रिय टोलीको तयारी निरन्तर चलिरहेको थियो । प्रशिक्षणमा रहेको ३३ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा आफ्नो नाम पर्नेमा सायद विराजलाई शंका पनि रहेको हुन सक्छ ।

उनले फेरि एकपटक एन्फा व्यवस्थापन र प्रशिक्षण टोलीलाई आफूले सम्मानजनक विदाई लिन चाहेको बताए । उनको त्यो आग्रहलाई सम्मान गरियो । प्रतियोगिता सुरु भइसकेको २३ सदस्यीय घोषणामा टोलीका सबैभन्दा अनुभवी विराजलाई समेटियो ।

सुरुवाती २ खेलमा गोल गर्न नसकी दबाबका बीच नेपाली टोलीले फाइनलको यात्रा तय गरेको थियो । २ खेलमा खाता खोल्न नसकेको नेपाली टोलीले सोमबार बंगलादेशविरुद्धको फाइनलमा पहिलो हाफमै सन्जोक राई र विशाल राईको गोलबाट अग्रता लिएको थियो । ८२ औं मिनेटमा बंगलादेशले गोल फर्काउँदै नेपालमाथि दबाब बढाई रहेको थियो । दबाबकैबीचमा प्रशिक्षक बालगोपाल महर्जनले विराजको लाई मैदान पठाउन निर्णय लिएर । नियमिति खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको सट्टा मैदान प्रवेश गरे ।

कप्तान किरण चेम्जोङले उपकप्तान रोहित चन्दमार्फत विराजका आर्मब्याड लगाउन पठाए । नियमित १ र इन्ज्युरी ६ मिनेट गरि सोमबारको खेलमा ७ मिनेट मैदानमा बिताए । २–१ को जितसँगै नेपाल ३७ वर्षपछि दशरथ रंगशालामा उपाधि उचाल्न सफल रह्यो । सन् १९८४ पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा स्वर्ण जितेयता सिनियर टोलीले उपाधि जितेको थिएन ।

बंगलादेशलाई हराएपछि उपाधिको खुसी र विराजको विदाईमा टोलीका खेलाडीले रंगशालाको ट्रयाक घुम्दै दर्शकसामु विराजलाई पुर्याए । सहकर्मीहरुले विराजलाई काँधमा राखेर मैदान वरिपरि घुमाउँदै गर्दा उनले समर्थकहरुलाई धन्यवाद दिए । प्रधानमन्त्री केपी शर्मा ओलीबाट कोट लगाएसँगै विराजको १३ वर्ष अन्तर्राष्ट्रिय फुटबल जीवनले औपचारिक रुपमा विश्राम लिएको थियो ।

पोष्ट म्याच कन्फ्रेन्समा कप्तान किरण र प्रशिक्षक महर्जनसँगै उपस्थिति भएका विराजले पनि विदाईमा खुसी ब्यक्त गरे । ’एकदमै खुसी छु । आज आफू पुरा भएको ठानेको छुँ । खेलाडीको रुपमा यो मेरो लागि ठूलो दिन हो । आफ्नो जिम्मेवारी पूरा गरेर यहाँसम्म आएको छुँ’, विराजले उपाधिपछि सन्न्यास लिँदै भने, ‘मेरो टिम सहयात्री, प्रशिक्षण टोली र समर्थकलाई जीवनभर बिर्सने छैन । एन्फा, प्रशिक्षण टोली र टिम परिवारप्रति विशेष आभारी छु । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा निरन्तर रहनेछु ।’

विराज नेपालका सफल कप्तान मध्ये पर्दछन् । २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । दशक भन्दा लामो समय खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।

त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज मैदानका कप्तान थिए । तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज एन्फा एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् ।

सबै उमेर समूहबाट खेलेका विराजले नेपालका सर्वाधिक ७३ क्याप जितेका छन् । उनले आफ्नै प्रशिक्षक समेत रहेका पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए । विराज नेपाली फुटबलका सफल रक्षक मध्येका एक मानिन्छन् । सफल कप्तान, मिहेनती र अनुशासित खेलाडीका रुपमा नेपाली फुटबलले उनलाई भविष्यमा पनि सम्झनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.