default_image

3 years ago

March 30, 2021

पोर्चुगललाई लक्जेमवर्गको चुनौती

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको तेस्रो राउन्डको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले आज राति लक्जेमवर्गको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे लक्जेमवर्गमा हुनेछ । घरेलु टोली लक्जेमवर्गलाई हराउदै पोर्चुगल समूह ‘ए’ मा अपराजित रहँने दाउमा हुनेछ । सर्वियाविरुद्धको खेलमा अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाउदा जितबाट […]

164 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको तेस्रो राउन्डको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले आज राति लक्जेमवर्गको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १२ः३० बजे लक्जेमवर्गमा हुनेछ । घरेलु टोली लक्जेमवर्गलाई हराउदै पोर्चुगल समूह ‘ए’ मा अपराजित रहँने दाउमा हुनेछ । सर्वियाविरुद्धको खेलमा अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाउदा जितबाट बञ्चित बनेको पोर्चुगल लक्जेमवर्गलाई हराउदै शीर्षस्थानमा रहेको सर्वियालाई दवावमा बढाउने लक्ष्यमा हुनेछ ।

उक्त खेल २–२ गोलको बराबरी अवस्थामा रहँदा रोनाल्डोले इन्ज्युरी समयमा गोल गरेपनि डिफेन्डरले गोललाइन कटिसक्दा क्लियर गरेका थिए । उक्त गोलको विषयमा अपिल गर्दा बोल्दा रोनाल्डोले पहेँलो कार्ड पाएका थिए ।

टोलीसँग रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जोआओ फेलिक्स, डिएको जोटा, बर्नाडो सिल्भा, रुवेन डियास, सेडरिक सोराएस, जोस फोन्टे, सर्जियो ओलिभेइरा, जोओ क्यान्सिलो, नुनो मेन्डेस, रेनाटो सान्चेज, जोओ पाल्हिन्हा टोलीमा हुदा पहिलो रोजाईका गोलरक्षक रुई प्याट्रिसिया टोलीमा हुनेछैनन् ।

यता, लक्जेमवर्ग पनि घरेलु मैदानमा पोर्चुगललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । लक्जेमवर्ग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको सर्विया र पोर्चुगलको समान ४ अंक छ । लक्जेमवर्गसँग डानेल सिनानी, जर्सन रोड्रिगेस, मार्भिन सान्तोष, क्रिस्टोफोर मार्टिन्स, ओलिभर थिल, लियान्द्रो बारेइरो, म्याक्सिमी चानट, लोउरेन्ट जान्स र गोलरक्षक एन्थोनी मोरेस टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ६ भेटमा पोर्चुगलले शत प्रतिशत जित निकालेको छ । पोर्चुगल सोही जितलाई निरन्तरता दिने दाउमा रहँदा लक्जेमवर्ग पोर्चुगलसँगको हारको यात्रालाई पुर्णविराम लगाउने दाउमा हुनेछ । लक्जेमवर्गविरुद्ध ६ खेलमा पोर्चुगलले १७ गोल गर्दा एक गोल खाएको छ । पोर्चुगलले २०१२ सेप्टेम्वरमा विश्वकप छनोटकै खेलमा एक गोल बेहोरेको थियो ।

यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको सर्वियाले अजरवैजानको सामना गर्दैछ । खेल राति ९:४५ बजे बाकुमा हुनेछ । सर्विया घरेलु टोली अजरवैजानलाई हराउदै आफ्नो शीर्षतालाई यथावत राख्ने लक्ष्यमा रहँदा अजरवैजान छनोटमा पहिलो जितको खोजीमा हुनेछ ।

अन्य खेल

समूह ‘ए’ – अजरवैजानविरुद्ध सर्विया (राति ९:४५ बजे) र लक्जेमवर्गविरुद्ध पोर्चुगल (राति १२:३० बजे)

समूह ‘ई’ – बेल्जियमविरुद्ध बेलारुस (राति १२:३० बजे) र वेल्सविरुद्ध चेक रिपब्लिक (राति १२:३० बजे)

समूह ‘जी’ – जिब्राल्टारविरुद्ध नेदरल्यान्ड्स(राति १२:३० बजे), मोन्टेनेग्रोविरुद्ध नर्वे (राति १२:३० बजे) र टर्कीविरुद्ध लात्भिया

समूह ‘एच’ – साइप्रसविरुद्ध स्लोभेनिया (राति ९:४५ बजे), क्रोएसियाविरुद्ध माल्टा (राति १२:३० बजे) र स्लोभाकियाविरुद्ध रसिया (राति १२:३० बजे)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.