default_image

3 years ago

March 30, 2021

विश्वकप छनोटमा जापान १४-० ले विजयी

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत जापानले मंगोलियामाथि फराकिलो जित दर्ता गरेको छ । समूह तालिकाको शीर्ष स्थानमा रहेको जापानले १४-० को जित दर्ता गरेको हो । कोरोना संक्रमणका कारण मंगोलियामा खेल हुन नसक्दा जापानस्थित फुकुदा देन्सी एरिनाको बन्द रंगशालामा खेल भएको थियो । खेलको १३ औं मिनेटमा नै ताकुमी मिनामिनोको गोलमा अग्रता लिएको जापानले पहिलो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा […]

95 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत जापानले मंगोलियामाथि फराकिलो जित दर्ता गरेको छ । समूह तालिकाको शीर्ष स्थानमा रहेको जापानले १४-० को जित दर्ता गरेको हो ।

कोरोना संक्रमणका कारण मंगोलियामा खेल हुन नसक्दा जापानस्थित फुकुदा देन्सी एरिनाको बन्द रंगशालामा खेल भएको थियो । खेलको १३ औं मिनेटमा नै ताकुमी मिनामिनोको गोलमा अग्रता लिएको जापानले पहिलो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा जापानले ९ गोल थप्न सफल भयो ।

जापानका लागि युया ओसाकोले ह्याट्रिक प्रहार गर्दा जुन्या इतो, शो इनागाकी र क्योगो फुरुहाशीले २-२ गोल गरे । मिनामिनो, दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १-१ गोल गरे । खस तुयाले मंगोलियाका लागि आत्मघाती गोल गरेका थिए । यो जापानले आफ्नो इतिहासमा रचेको सबैभन्दा फराकिलो जित भन्दा १ गोल कम हो । यसअघि जापानले सन् १९६७ मा फिलिपिन्सलाई १५-० ले हराएको थियो ।

यस जितसँगै जापानले विश्वकप छनोटका सुरुवाती ५ खेलमा शत प्रतिशत जितको नतिजा निकालेको छ । टोलीले १५ अंक जोड्ने क्रममा २७ गोल गर्दै सबै खेलमा क्लिन सिट राखेको छ । अब जापानले बाँकी ३ खेल आउने जुनमा आफ्नै मैदानमा आयोजना गर्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.