default_image

3 years ago

March 31, 2021

बेलारुसको पोस्टमा बेल्जियमको ८ गोल

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोट खेलमा बेल्जियमले घरेलु मैदानमा बेलारुसमाथि ८–० को सानदार जित निकालेको छ । किङ पावर डेन ड्रिफ हेभेर्लीमा मंगलबार राति भएको खेलमा बेल्जियमको फराकिलो जितमा हान्स भानकिन र लियान्द्रो ट्रोससार्डले समान दुई गोल गर्दा मिचे बात्सुयाई, जेरेमी डोकु, डेनिस प्राएट र क्रिस्टियन बेन्टेकेले समान एक गोल गरे । […]

56 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोट खेलमा बेल्जियमले घरेलु मैदानमा बेलारुसमाथि ८–० को सानदार जित निकालेको छ ।

किङ पावर डेन ड्रिफ हेभेर्लीमा मंगलबार राति भएको खेलमा बेल्जियमको फराकिलो जितमा हान्स भानकिन र लियान्द्रो ट्रोससार्डले समान दुई गोल गर्दा मिचे बात्सुयाई, जेरेमी डोकु, डेनिस प्राएट र क्रिस्टियन बेन्टेकेले समान एक गोल गरे ।

एकपक्षयी खेलमा बेल्जियमले पहिलो र दोस्रो हाफमा समान ४–४ गोल गरेको थियो । खेलको १४औं मिनेटमा मिचे बात्सुयाईले जेरेमी डोकुको पासमा गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाए । १७औं मिनेटमा थोमस म्युनिएरको पासमा हान्स भामकिनले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा हान्स भानकिनको पासमा लियान्द्रो ट्रोससार्डले तथा ४२औं मिनेटमा जेरेमी डोकुले डेनिस प्राएटको पासमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा पनि बेल्जियमले गोल गर्ने श्रृंखलालाई तोडेन । ४९औं मिनेटमा डेनिस प्राएटले मिचे बात्सुयाईको पासमा गोल गरेपछि बेल्जियम ५–० ले अघि बढ्यो ।

७०औं मिनेटमा क्रिस्टियन बेन्टेकेले टोवी एल्डरवेइरेल्डको पासमा गोल गर्दा बेल्जियम फराकिलो जिततर्फ अग्रसर बन्यो । ७६औं मिनेटमा लियान्द्रो ट्रोससार्डले जेरेमी डोकुको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौ गोल गरे । ८९औं मिनेटमा हान्स भानकिनले एडनान जानुजाजको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठां गोल गर्दै बेल्जियमलाई ८–० को फराकिलो जित दिलाए ।

यो जितसँगै बेल्जियम समूह ‘ई’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ४ अंक जोडेर चेक रिपब्लिक दोस्रो तथा ३ अंक जोडेको वेल्स तेस्रो स्थनमा रहेको छ । बेलारुसको ३ अंक भएपनि गोल अन्तरमा चौथो तथा अंकविहीन इस्टोनिया पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा वेल्सले चेक रिपब्लिकमाथि १–० को जित निकालेको छ । वेल्सको जितमा ड्यानिय जेम्सले ८२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । प्याट्रिक सिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेक रिपब्लिक ४९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

७७औं मिनेटमा कोनर रोबर्ट्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्स पनि १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.