default_image

3 years ago

March 31, 2021

नेदरल्यान्ड्स ७–० ले विजयी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो । भिक्टोरिया स्टेडियम जिब्राल्टारमा नेदरल्यान्ड्सको फराकिलो जितमा मेम्फिस डिपाएले दुई गोल गर्दा स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल […]

72 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो ।

भिक्टोरिया स्टेडियम जिब्राल्टारमा नेदरल्यान्ड्सको फराकिलो जितमा मेम्फिस डिपाएले दुई गोल गर्दा स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल गरे ।

पहिलो हाफमा एक तथा दोस्रो हाफमा ६ गोल सम्भव भएको थियो । ४२औ मिनेटमा स्टेभन वर्गहुइसको गोलबाट नेदरल्यान्ड्सले पहिलो हाफमा १–० को अग्रत लिएको थियो । उनले जर्जिन्हो वाइनाल्डमको पासमा गोल गरेका थिए ।

जिब्राल्टारले पहिलो हाफमा एक गोलमा रोकेपनि दोस्रो हाफमा नेदरल्यान्ड्सको चुस्त आक्रमणलाई रोक्न सकेन । ५५औं मिनेटमा लुक डि जोङले स्टेभनको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रत दोब्बर पारे ।

६१औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दा नेदरल्यान्ड्स ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरेपछि नेदरल्यान्ड्स सहज जिततर्फ अग्रसर भयो । ६४औं मिनेटमा डोनीएल मालेनले डाभी क्लासेनको पासमा गोल गरेपछि नेदरल्यान्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८५औं मिनेटमा डोनी भान डि विकले ओवेन विज्डलको पासमा गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा ६–० को आरामदायी अग्रता लिन सफल भयो । ८८औं मिनेटमा मेम्फिस डिपाएले ओवेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौ गोल गर्दै नेदरल्यान्ड्सलाई ७–० को फराकिलो जित दिलाए ।

यही समूह ‘जी’ को अर्काे खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजा पछि टर्की ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक भएपनि नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वे गोलअन्तरमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ । अंकविहीन जिब्राल्टार पुछारमा छ ।

अन्य नतिजा

समूह ‘ए’ – अजरवैजानविरुद्ध सर्विया (१–) र लक्जेमवर्गविरुद्ध पोर्चुगल (१–)
समूह ‘ई’ – बेल्जियमविरुद्ध बेलारुस (–०) र वेल्सविरुद्ध चेक रिपब्लिक (–०)
समूह ‘जी’ – जिब्राल्टारविरुद्ध नेदरल्यान्ड्स(०–), मोन्टेनेग्रोविरुद्ध नर्वे (०–) र टर्कीविरुद्ध लात्भिया (३–३)
समूह ‘एच’ – साइप्रसविरुद्ध स्लोभेनिया (–०), क्रोएसियाविरुद्ध माल्टा (–०) र स्लोभाकियाविरुद्ध रसिया (–१)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.