default_image

3 years ago

March 31, 2021

रोनाल्डोले फालेको आर्मब्याण्ड अक्सनमा

एजेन्सी – पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको छ । कतार विश्वकप २०२२ को युरोपियन छनोट दौरान सर्वियाविरुद्धको खेल दौरान आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आएका रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए । कप्तानको आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि लागि […]

75 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको छ ।

कतार विश्वकप २०२२ को युरोपियन छनोट दौरान सर्वियाविरुद्धको खेल दौरान आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आएका रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए ।

कप्तानको आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि लागि आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको हो । स्पोर्ट्स क्लब नाम गरेको च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मब्याण्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै उक्त आर्मब्याण्डलाई अक्सनमा राखेको छ ।

बेलग्रेडमा भएको खेलमा रोनाल्डोको प्रहार गोललाईन क्रस गरेको देखिएपनि स्टेफन मित्रोभिचले क्लियरेन्सलाई जायज मान्दै रेफ्रीले रोनाल्डोको गोललाई मान्यता दिइएको थिएन । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग नभएका कारण पोर्चुगलले गोलको मान्यता नपाउदा पोर्चुगल जितबाट बञ्चित बनेको थियो । उक्त गोलको लागि रेफ्रीसँग विवादमा उत्रिएपछि उनलाई पहेलो कार्ड देखाइएको थियो ।

उनले फालेको आर्मब्याण्ड मैदानमा रहेका स्टेवार्डले उठाउदै क्षेत्रीय टेलिभजन च्यानललाई फोन गर्दै अक्सनमा राख्नका लागि आग्रह गरेका थिए । आफ्नो पहिचान खुलाउन नचाहेका उनले उक्त अक्सनबाट उठेको रकम दुर्लभ रोग लागेका एक ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारमा खर्च गर्ने बताएका छन् ।

‘रोनाल्डोले म भन्दा तीन मिटर पर मात्रै आर्मब्याण्ड फालेका थिए । त्यो देख्ने बित्तिकै मलाई ती बिरामी बच्चाको लागि पैसा उठाउएर सदुपयोग गर्ने सोच आयो ।’ ति व्यक्तिले भने । बच्चालाई स्पाइनल मस्कुलर अट्रोफि रोग लागेको छ । यसको उपचारको लागि बिश्वकै सबैभन्दा महँगो औषधी जोल्गेन्स्मा जसको मुल्य २० लाख युरोको आवश्यकता पर्दछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.