default_image

3 years ago

March 31, 2021

विश्वकप छनोटः इंग्ल्यान्ड र पोल्यान्ड भिड्दै

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले घरेलु मैदानमा पोल्यान्डको आतिथ्यता गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । शुरुवाती दिई खेलमा जित निकालेको इंग्ल्यान्ड पोल्यान्डलाई हराउदै आफ्नो शीर्षतालाई थप पकड बनाउने लक्ष्यमा हुनेछ । समूह ‘आई’ मा इंग्ल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पोल्यान्डलाई […]

36 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले घरेलु मैदानमा पोल्यान्डको आतिथ्यता गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ ।

शुरुवाती दिई खेलमा जित निकालेको इंग्ल्यान्ड पोल्यान्डलाई हराउदै आफ्नो शीर्षतालाई थप पकड बनाउने लक्ष्यमा हुनेछ । समूह ‘आई’ मा इंग्ल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पोल्यान्डलाई हराउन सके इंग्ल्यान्डको ३ खेलबाट ९ अंक पुग्नेछ । इंग्ल्यान्डले छनोटको पहिलो खेलमा सान मारिनोमाथि ५–० को जित दर्ता गर्दा दोस्रो खेलमा अल्वानियालाई २–० ले पराजित गरेको थियो ।

टोलीसँग कप्तान ह्यारी केनसँगै रहिम स्टर्लिङ, मासन माउन्ट, फिल फोडेन, डिक्लन रिस, काल्भिन फिलिप्स, लुके सा, ह्यारी मिगुएर, जोन्स स्टोन्स, केएल वाल्कर र गोलरक्षक निक पोपे रहेको छ । यस्तै टोलीसँग जेम्स वाडै प्राउज, जेसे लिङ्गार्ड, रिस जेम्स, बेन चिलवेल, डोमिनिक काल्भर्ट लेविन र ओले वाट्किन्स पनि रहेको छ ।

यता, पोल्यान्ड आफ्नो मुख्य फरवार्ड तथा कप्तान रोबर्ट लेवान्डोस्कीविना मैदान उत्रदा इंग्ल्यान्डलाई कम्तीमा पनि बराबरीमा रोक्ने लक्ष्यमा हुनेछ । लेवान्डोस्कीले एन्डोरामाथि ३–० को जित निकालेको खेलमा चोट बोकेका थिए । उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनेछ ।

पोल्यान्डको लक्ष्य पनि इंग्ल्यान्डलाई हराउदै शीर्षस्थानमा उक्लने हुनेछ । ४ अंक रहेको पोल्यान्डले इंग्ल्यान्डलाई हराउन सके शीर्षस्थानमा उक्लनेछ । तर, आफ्नो मुख्य फरवार्ड टोलीमा नहुदा बलियो इंग्ल्यान्डविरुद्ध जित निकाल्न सहज हुनेछैन ।

अपराजित रहेको पोल्यान्डसँग क्रिजेस्टफ पियाटिक, पिटर जिलिन्स्की, कामिल जिलिक र गोलरक्षक वजनियस सेजेस्नीको साथ रहेको छ । यि दुई टोलीबीच यो तेस्रो भेट हो । यसअघिको दुई भेटमा इंग्ल्यान्ड एक खेलमा विजयी हुदा एक खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

अन्य खेल

समूह ‘बी’ – ग्रीसविरुद्ध जर्जिया (राति १२ः३० बजे) र स्पेनविरुद्ध कोसोभो (राति १२ः३० बजे)
समूह ‘सी’ – लिथुआनियाविरुद्ध इटाली (राति १२ः३० बजे) र नर्दन आयरल्यान्डविरुद्ध बुल्गेरिया (राति १२ः३० बजे)
समूह ‘डी’ – बोस्निया हर्ज गोभिनाविरुद्ध फ्रान्स (राति १२ः३० बजे) र युक्रेनविरुद्ध काजकस्तान (राति १२ः३० बजे)
समूह ‘एफ’ – अष्ट्रियाविरुद्ध डेनमार्क (राति १२ः३० बजे), मोल्दोभाविरुद्ध इजरायल (राति १२ः३० बजे) र स्कटल्यान्डविरुद्ध फारोइ आइल्यान्ड (राति १२ः३० बजे)
समूह ‘आई’ – एन्डोराविरुद्ध हंगेरी (राति १२ः३० बजे), इंग्ल्यान्डविरुद्ध पोल्यान्ड (राति १२ः३० बजे) र सान मारिनोविरुद्ध अल्वानिया (राति १२ः३० बजे
समूह ‘जे’ – अर्मेनियाविरुद्ध रोमानिया (राति १२ः३० बजे), जर्मनीविरुद्ध नर्थ म्यासेडोनिया (राति १२ः३० बजे) र लिचेस्टाइनविरुद्ध आइसल्यान्ड (राति १२ः३० बजे)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.