default_image

3 years ago

March 31, 2021

१० खेलाडीमा सिमित नुवाकोटलाई हराउँदै आर्मी फाइनलमा

41 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी ’सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल’ को फाइनलमा प्रवेश गरेको छ ।

क्याम्पा चौरमा बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । टाइब्रेकरमा नुवाकोटका सजिन थापा मगरको पहिलो प्रहार आकाशियो भने सागर स्याङ्तानको चौथो प्रहार आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले रोके ।

त्यसअघि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । खेलको चौथो मिनेटमा नै दिपेश आले मगरले उत्कृष्ट भली गोल गर्दै नुवाकोटलाई अग्रता दिलाए । पहिलो हाफमा नै नुवाकोटले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा प्रयास तामाङले नुवाकोटका लागि गोल गरेका थिए ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै आर्मीले अग्रता छोट्यायो । आर्मीका सुशान्त चौधरीले गोल गरे । दोस्रो हाफको २० औं मिनेटमा नुवाकोट १० खेलाडीमा सीमित भयो । नुवाकोटका गोलरक्षक सुदीप गिरीले रातो कार्डको सामना गरे । पेनाल्टी बक्स भित्र आर्मीका रिपु भुलानलाई लडाएपछि रेफ्रीले उनलाई पहिलो कार्ड दिदै आर्मीलाई पेनाल्टी दिएका थिए । तर रेफ्रीसँग विवाद गरेपछि गोलरक्षक सुदीपले रातो कार्ड पाए ।

सुदीपले रातो कार्ड पाएपछि खेलमा केही समय विवाद भएको थियो । नुवाकोटले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदा १० मिनेट खेल रोकिएको थियो । वैकल्पिक गोलरक्षक नहुदा नुवाकोटका स्ट्राइकर सन्दीप राना मगरले गोलपोष्ट सम्हाले । प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गर्दै सुशान्तले आर्मीलाई खेलमा फर्काए । म्यान अफ दी म्याच चुनिएका आर्मीका सुशान्त चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले अफ्रिकन रूट्स एसोसिएसन (एआरए) र बागमती युवा क्लब सर्लाहीमध्ये एक टोलीसँग फाइनल खेल्नेछ । एआरए र बागमतीबीच बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० र विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.