default_image

3 years ago

April 1, 2021

फ्रान्स विजयी, इटालीको लगातार तेस्रो जित

52 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा फ्रान्सले जित निकाल्दा इटालीले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।

एन्टोइन ग्रिजमनको एकमात्र गोलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनामाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । उनले ६०औं मिनेटमा एड्रिएन राविओटको पासमा गोल गरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा ग्रिजमनको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

यही समूह ‘डी’ को अर्काे खेलमा युक्रेन र काजकस्तानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली युक्रेनका रोमन यारेमचुकले गोल गर्दा काजकस्तानका सेरिकजान मुजहिकोभले बराबरी गोल फर्काए ।

यो नतिजापछि समूम फ्रान्स ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको फिनल्यान्ड तेस्रो स्थानमा रहँदा समान १ अंक जोडेका बोस्निया र काजकस्तान चौथो र पाँचौ स्थानमा रहेको छ ।

यस्तै समूह ‘सी’ को खेलमा इटालीले लिथुआनियालाई उसकै मैदानमा २–० ले हराएको छ । इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इमोविलेले गोल गरे । स्टेफानो सेन्सीले ४८औं मिनेटमा गोल गर्दा सिरो इमोविलेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विजयी गोल गरेका थिए ।
यही समूहको अर्काे खेलमा नर्दन आयरल्यान्ड र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि इटाली तीन खेलबाट तीन जितपछि ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्वीट्जरल्यान्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको नर्दन आयरल्यान्ड र बुल्गेरिया तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन लिथुआनिया पुछारमा रहेको छ ।

अन्य नतिजा

समूह ‘बी’ – ग्रीसविरुद्ध जर्जिया (१–१) र स्पेनविरुद्ध कोसोभो (३–१)
समूह ‘सी’ – लिथुआनियाविरुद्ध इटाली (०–) र नर्दन आयरल्यान्डविरुद्ध बुल्गेरिया (०–०)
समूह ‘डी’ – बोस्निया हर्ज गोभिनाविरुद्ध फ्रान्स (०–) र युक्रेनविरुद्ध काजकस्तान (१–१)
समूह ‘एफ’ – अष्ट्रियाविरुद्ध डेनमार्क (०–), मोल्दोभाविरुद्ध इजरायल (१–) र स्कटल्यान्डविरुद्ध फारोइ आइल्यान्ड (–०)
समूह ‘आई’ – एन्डोराविरुद्ध हंगेरी (०–), इंग्ल्यान्डविरुद्ध पोल्यान्ड (–१) र सान मारिनोविरुद्ध अल्वानिया (०–)
समूह ‘जे’ – अर्मेनियाविरुद्ध रोमानिया (–२), जर्मनीविरुद्ध नर्थ म्यासेडोनिया (१–) र लिचेस्टाइनविरुद्ध आइसल्यान्ड (१–)

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.