default_image

3 years ago

April 1, 2021

आहा गोल्ड कप – उद्घाटनमा सहारा र एपिएफ भिड्ने

83 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लब पोखराको आयोजनामा शनिबार सुरु हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा ८ टोलीको सहभागिता आहा गोल्डकपमा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित आयोजक र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) रहेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

आहाको १९ औं संस्करणमा चैत २३ गते संकटा र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र चैत २४ गते रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । चैत २५ र २६ गते सेमिफाइनल र चैत २८ गते फाइनल हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गर्नेछन् । समापनको मुख्य अतिथिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ रहने क्लबले जनाएको छ ।

१९ औं सस्करणलाई सहारा क्लबले पोखराका प्रतिष्ठित उद्योगपती तथा राजनितिककर्मी स्व सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने जनाएको छ । पोखराको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको संस्मरणमा विद्यागत पुरस्कारमा १० हजार रुपैयाँले बृद्धि गरिएको बताइएको छ । जस अनुसार सुर्यबहादुर के. सी. मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षक अवार्ड रहेका छन् । सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विगतमा जस्तै एक जना राष्ट्रिय खेलाडीलाई क्लबले सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी घोषणा गर्दै ३५ हजार रुपैयाँबाट सम्मान गर्नेछ । त्यो पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

झन्डै १ करोड २९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको प्रतियोगितामा झन्डै १ करोड बढी खर्च हुने क्लबको अनुमान छ । प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्च गरिदै आएको छ । प्रदान गरिनेछ । यस प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको क्लवले जनाएको छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.