default_image

3 years ago

April 6, 2021

नेयमारको बार्सिलोना फर्कने इच्छा

41 views

0 Bookmark

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले क्लबसँगको सम्झौता नविकरणको विषय तत्कालका लागि थाती राखेका छन् । पूर्व सहकर्मी लिओनल मेस्सी बार्सिलोनामै रहने सम्भावना रहेपछि नेयमारले पनि आफ्नो सम्झौताको विषयलाई तत्काल अघि बढाउन चाहेका छैनन् ।

२९ वर्षे ब्राजिलियन फरवार्डले फेरि पनि अर्जेन्टिनी सुपर स्टार मेस्सीसँग खेल्ने इच्छा रहेको बताउँदै आएका छन् । मेस्सी बार्सिलोना छाडेर पिएसजी जाने चर्चा केहि अघि चलेको थियो । यसैबीच, काटलान सञ्चारमाध्यमले मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्नेमा नेयमार विश्वस्त रहेको बताइएको छ ।

त्यति मात्र होइन नेयमारले आफू बार्सिलोना फर्कन चाहेको पनि समाचारमा उल्लेख गरिएको छ । समाचारमा बार्सिलोनाका पूर्व स्काउट एन्ड्री क्रुलाई उद्धत गरिएको छ । ‘नेयमार र मेस्सी फेरि सँगै खेल्नेछन्, पिएसजीका लागि होइन बार्सिलोनाका लागि,’ क्रुले भनेका छन् ।

यद्दपी नेयमार बार्सिलोना फर्कन त्यति सहज भने छैन । कोभिडका कारण टोलीको आर्थिक अवस्था कमजोर रहेको बताइएछ । तर, त्यसका लागि नेयमार पनि कम रकममा मान्न तयार हुन सक्ने बताएको छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोना छाडेर पिएसजी पुगेका थिए ।

पिएसजी पुगेको केहि समयमै उनी बार्सिलोना फर्कन चाहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बार्सिलोनाका निर्देशकहरुले पनि नेयमार फर्कने विषयलाई अस्वीकार गरेका छैनन् । त्योसँगै उनीहरुले बारुसिया डर्टमन्डका इर्लिङ हालान्ड र इन्टरका फरवार्ड लाउटारो मार्टिनेजमा पनि चासो राखेका छन् ।

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

Success

Thank you for your time.