default_image

3 years ago

April 5, 2021

‘मेस्सीले बार्सिलोनमा नयाँ सम्झौता गर्नेछन्’

34 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका पूर्व स्काउट एन्ड्री क्रुले सुपर स्टार लिओनल मेस्सीले क्याम्प नोउमा नयाँ सम्झौता गर्ने विश्वास व्यक्त गरेका छन् । ३३ वर्षे अर्जेन्टिनी स्टारको जुन ३० मा बार्सिलोनासँगको सम्झौता टुंगिदैछ ।

कोभिडका कारण क्लबको आर्थिक अवस्था खराब भएपनि क्रुले मेस्सी त्यहि रहन तयार हुने आशा राखेका छन् । मेस्सी बार्सिलोनामै रहनेमा म पूर्ण रुपमा विश्वस्त छु, उनले भनेका छन्, ‘ बार्सिलोना नयाँ टोली बन्न जाँदैछ । त्यसमा उनी पनि पक्कै खुसी हुनेछन् । एक वा दुई वर्ष उनी फेरि पनि विश्व नम्बर एक खेलाडी बन्नेछन् ।

मेस्सीको बार्सिलोना र अर्जेटिना दुवैमा घर रहेको उल्लेख गदै क्रुले थपे,‘ उनी अर्जेन्टिनालाई माया गर्छन । उनी आफू शतप्रतिशत दिएर अर्जेन्टिनाका लागि खेल्छन् । त्यस्तै बार्सिलोनाका लागि पनि । ’ मेस्सीको चाहना जहिले पनि बलियो टोली हुने गरेको उनले बताएका छन् ।

‘त्यहि अनुसार क्लबले पनि उनलाई बचन दिएको छ , उनले भने,‘ बार्सिलोनामा मेस्सीको इतिहास मलाई थाहा छ । उनको र अध्यक्ष जोहान लार्पोटाको सम्बन्ध राम्रो छ । अहिले उनी फर्केका छन् । जसले गर्दा क्लबका सकारात्मक वातावरण तयार भएको छ ।

यो सिजन च्याम्पियन्स लिगबाट बाहिरिएपनि बार्सिलोना ला लिगाको शीर्ष टोली एट्लेटिको म्याड्रिड भन्दा ४ अंकले मात्र पछाडि छ । पछिल्ला १३ खेलमा सम्भव ३९ मध्ये ३७ अंक जोडेको बार्सिलोना उपाधि दौडमा फर्केको छ । त्यस्तै काटलान टोलीले अप्रिल १७ मा एथ्लेटिक क्लबसँग कोपा डेल रे फाइनल खेल्दैछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.