default_image

3 years ago

April 5, 2021

थ्री स्टारलाई बागमती गोल्डकप उपाधि

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

इन्ज्युरी समयमा एनआरएका खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए । प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारको प्रशिक्षकका रुपमा पहिलो प्रतियोगितामा नै उपाधि जितेका छन् । बागमती गोल्डकप खेल्नु अघि थ्री स्टारले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनी टोलीलाई २-० ले अघि बढाए । पहिलो हाफमा केहि कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्यो ।

मनिष डाँगीले ५८ औं मिनेटमा गोल गर्दै ललितपुरे टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै २-२ को बराबरीमा ल्याए । इन्ज्युरी समयमा अफ्रिकनका डिफेन्डरले मनिष डाँगीको प्रहारलाई हातले रोकेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै उपाधि दिलाए ।

मकवानपुरको बागमती गाँउपालिका खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ । थ्री स्टार अब पोखरामा जारी १९ औं आहा रारा गोल्ड कपमा भाग लिन त्यसतर्फ जानेछ । एआरए पनि आहा! रारा गोल्डकपको सेमिफाइनल पुगिसकेको छ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई हराउँदै एनआरए अन्तिम चारमा पुगेको थियो । आहा रारामा पहिलो खेलमा सफलता पाउने वित्तिकै एनआरए टोली बागमति गोल्डकपका लागि मकवानपुरको फापरबारीतर्फ लागेको थियो ।

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

Success

Thank you for your time.