default_image

3 years ago

April 6, 2021

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

63 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

नवौं मिनेटमा सेडी जान्कोको दुई क्रसमा प्लानो र कोड्रोले प्रहारले पोस्टको दिशा लिन नसक्दा रियल भालाडोलिड अग्रता लिनबाट चुकेको थियो । ५७औं मिनेटमा प्लानोले काउन्टर अट्याकमा प्रयास गरेपनि सफल हुन सकेन । ५९औं मिनेटमा मेस्सीको पासमा औसमाने डेम्वेलेको प्रहारलाई भालाडोलिडका गोलरक्षक जोर्डी मसिपले नियन्त्रणमा लिन नसकेको रिवाउन्ड बललाई एन्टोइन ग्रिजमनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७१औं मिनेटमा डेम्वेलेको प्रहार सदुपयोग हुन सकेन । ७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । उनले डेम्वेलेमाथि फउल गरेका थिए । ८९औं मिनेटमा ट्रिन्काओको क्रसमा मोरिवाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुक्यो । लगत्तै डेम्वेलेले रोनाल्ड एराउजोको पासमा गोल गर्दै बार्सिलोनालइए जितसहित महत्वपुर्ण ३ अंक दिलाए ।

७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । उनले डेम्वेलेमाथि फउल गरेका थिए । यो जितसँगै बार्सिलोनाको २९ खेलबाट ६५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । भालाडोलिड २७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

Success

Thank you for your time.