default_image

3 years ago

April 6, 2021

लिङगार्ड चम्कदा वेस्ट ह्यामको जित

एजेन्सी – इंग्लिस फरवार्ड जेसे लिङ्गार्डले एक गोलका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको छ । मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा जेसे लिङ्गार्ड, पाब्लो फोर्नाल्स र जारोड वोवेनले गोल गरे । वल्भ्सका लिन्डर डेन्डनकर र फावियो […]

104 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड जेसे लिङ्गार्डले एक गोलका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको छ ।

मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा जेसे लिङ्गार्ड, पाब्लो फोर्नाल्स र जारोड वोवेनले गोल गरे । वल्भ्सका लिन्डर डेन्डनकर र फावियो सिल्भाले गोल गरेपनि हार टार्न सकेन ।

खेलको छैटौं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट लोनमा वेस्ट ह्याम पुगेका जेसे लिङ्गार्डले भ्लादिमिर कोउफालको पासमा गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । १४औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे । उनले अर्थर मासुएकुको पासमा गोल गरेका थिए ।

३८औं मिनेटमा जारोड वोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ३–० ले अघि बढाए । उनले जेसे लिङ्गार्डको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले एडामा ट्राओरेको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा पाब्लो सिल्भाले पेड्रो नेटाको पासमा गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा वेस्ट ह्याम विजयी हुन सफल भयो ।

यो जितसँगै वेस्ट ह्याम ३० खेलबाट ५२ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । वेस्ट ह्यामले चेल्सीलाई पछि पारेको हो । पाँचौ स्थानमा रहको चेल्सीको ५१ अंक छ । वल्भ्स ३५ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.