default_image

3 years ago

April 9, 2021

आहा! रारामा इतिहास रच्न आतुर संकटा

39 views

0 Bookmark

विजय नेपाली, पोखरा

मोफसलकै लोकप्रिय आहा! रारा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिस मध्ये एक क्लब कुनैपनि संस्करणको फाइनलमा नपुगेको इतिहास नै थिएन ।

क्याराभान गोल्डकप सहित १८ औं संस्करणसम्म आइपुग्दा यी टिम मध्ये एकले उपाधी हासिल गरेकै छन् । तर १९ औ संस्करणको आहा! रारा गोल्डकपमा भने तीनै टिम देख्न नपाइने भएको छ । पोखरा रंगशाला फुटबल मैदानमा आज (शनिबार ) पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन र संकटा क्लब उपाधिका लागि भिड्ने भएका छन् ।

आहा! रारामा विदेशी टिम फाइनल प्रवेश गरेको भने यो दोस्रो पटक हो । २०६२ सालमा अफ्रिकन युनाइटेड सहभागि हुँदै उपाधि जितेको थियो । अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै उपाधी उचालेको थियो । उता संकटा क्लबको भने यो छैटौं पटकको सहभागिता थियो । छैटौं पटकको सहभागितामा भने आहा ! रारामा उपाधी हात पार्दै इतिहास रच्न चाहन्छ ।

२०६१,२०७०, २०७३,०७४ र ०७५ सालमा सहभागिता जनाएको थियो । संकटा ०७३ सालमा मात्र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । संकटाले आहा! रारामा समग्रमा ११ खेल खेलेको छ । आज खेलिने फाइनल खेल (शनिवार) १२ औं खेल हो । संकटाले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

अफ्रिकन रुट्सले क्वाटरफाइनलमा लिग विजेता मछिन्द्र क्लब र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

फाइनलमा दुवै टोलीले उपाधी जित्ने लक्ष्य लिएको छ । अफ्रिकन रुट्सका प्रशिक्षक सेन्गे बोरिसले उपाधी जित्ने लक्ष्यका साथ खेल्ने बताए । उनले फाइनलमा पुगेको प्रतिद्धन्द्धीलाई हराउन सहज भने नहुने बताए । ‘संकटा सजिलो टिम होइन । फाइनलमा पुगेको टिम हो पक्कै सजिलो हुने छैन् ’ उनले भने, ‘ म अहिले नै बधाइ दिन चाहान्छु विपक्षी टिमलाई ।’

उता संकटाका प्रशिक्षक सल्यानी खड्गीले भने उपाधी जितेरै जाने बताए । शुक्रबार फाइनल अघि भएको प्रि कन्फिरेन्समा बोल्दै खड्गीले खेलाडीले मैदानमा फरक खेल देखाउने बताए । ‘विपक्षी टिम निकै बलियो टिम हो, शारिरिक रुपमै निकै बलिया छन् । तर हाम्रा खेलाडीले मैदानमा त्यो भन्न पाउने छैनन्,’ उनले भने ।

संकटाले आहा! रारामा पहिलो पटक इतिहास रच्न लागेकाले पनि खेलाडीमा उत्साह जागेको बताए । खड्गीले खेल निकै प्रतिस्पर्धात्मक हुने औंल्याए । ‘टफ गेम हुन्छ । हिजो अस्ती कस्तो खेल्यो भन्दा पनि फाइनलमा फरक हुनेनै छ ’ उनले भने ।

संकटाका कप्तान सरोज दाहालले प्रशिक्षकको रणनीति अनुसार खेल खेल्ने बताए । ‘हामीले हाम्रो खेल देखाउँछौ अन्य कुरा भनेको कोचको रणनीति अनुसार नै हुनेछ ’ उनले भने ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षकले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.