default_image

3 years ago

April 10, 2021

ट्राओरेको गोलमा वल्भ्सको संघर्षपुर्ण जित

47 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा वल्भ्सले फुलहममाथि १–० को संघर्षपुर्ण जित हात पारेको छ ।

क्राभेन कटेजमा शुक्रबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर फाल्दा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेपनि इन्ज्युरी समयमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई महत्वपुर्ण ३ अंक दिलाए ।

खेलको दोस्रो मिनेटमा नै नेल्सन सेमेडोको फ्रिकिकमा विलियन जोसको हेडर पोस्ट नजिकैबाट बाहिरिदा वल्भ्स अग्रता लिनबाट चुकेको थियो । २८औं मिनेटमा एन्टोनी रोविन्सनको पासमा रुवेन लफट चिकको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फुलहम अग्रता लिनबाट चुक्यो । लगत्तै ३०औं मिनेटमा एलेक्सान्डर मित्रोभिकको प्रहारलाई वल्भ्सका कप्तान कोनर कोडेले ब्लक गर्दै गोलको संकट टारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विलियन जोसले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा वल्भ्स अग्रता लिनबाट चुक्यो । उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा ह्यारिसन रिडको पासमा मित्रोभिकको प्रहारलाई वल्भ्सका गोलरक्षक रुई प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए ।

७०औं मिनेटमा रिडको प्रहारमा गोलरक्षक प्याट्रिसियो नै बाधक बने । ७७औं मिनेटमा लिन्डर डेन्डनकरको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो । खेलको अन्त्यतिर घरेलु टोलीमाथि दवाव सिर्जना गरेको वल्भ्सले गोल गर्न सफल भयो । ८८औं मिनेटमा जोओ मौटिन्हो र ८८औं मिनेटमा मौटिन्होले अवसर चुकाउँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई जित दिलाए । उनले फावियो सिल्भाको पासमा गोल गरेका थिए ।

जितसँगै वल्भ्स ३१ खेलबाट ३८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित फुलहमको रेलिगेसन डर बढेको ट । फुलहम ३२ खेलबाट २६ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.