default_image

3 years ago

April 10, 2021

आहा ! राराको उपाधिका लागि संकटा र अफ्रिकन रुट्स भिड्दै

46 views

0 Bookmark

विजय नेपाली, पोखरा

मोफसलकै चर्चित तथा लोकप्रिय आहा ! रारा गोल्डकपको १९औं संस्करणको उपाधिका लागि आज (शनिबार) पोखरा रंगशाला फुटबल मैदानमा पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो १ बजेपछि हुनेछ । छैटौं पटकको सहभागितामा उपाधि संघारमा पुगेको संकटा उपाधि जित्दै इतिहास रच्ने दाउमा हुनेछ । संकटाले २०६१, २०७०, २०७३, ०७४ र ०७५ मा सहभागिता जनाएको थियो । संकटा ०७३ सालमा मात्र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

संकटाले आहा! रारामा समग्रमा ११ खेल खेलेको छ । आज खेलिने फाइनल खेल (शनिवार) १२ औं खेल हो । संकटाले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

यता, अफ्रिकन रुट्स पहिलो सहभागितामै उपाधि जित्ले लक्ष्यमा हुनेछ । क्वाटरफाइनलमा लिग विजेता मछिन्द्र क्लब र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । आहा! रारामा विदेशी टिम फाइनल प्रवेश गरेको भने यो दोस्रोपटक हो । २०६२ मा अफ्रिकन युनाइटेड सहभागि हुँदै उपाधि जितेको थियो । अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै उपाधि उचालेको थियो ।

आहा रारामा सहभागी हुन आएको पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनका खेलाडीहरु फाइनलको एक दिन अघि राता रात सर्लाहीमा भएको एक प्रतियोगिता खेल्न पुगेको थियो ।

बिहिबार पुलिससँग सेमीफाइनल जितेर आहा राराको फाइनल खेलको एक दिनको विश्राममा अफ्रिकन रुट्स सर्लाही जाने तरखर गर्दा सहाराले आफ्नो जिम्मामा नेपाल आएको टिमलाई सर्लाही जान रोक्न होटल सञ्चाललाई समेत टोलीको निगरानी गर्न लगाएपनि होटल सञ्चलाकलाई चक्मा दिंदै अफ्रिकन रुट्सको ११ सदस्यिय टोली होटलबाट भागेर रातारात सर्लाही पुगेको थियो । सर्लाहीमा अफ्रिकन रुट्स पराजित भएको थियो ।

प्रि–म्याच पत्रकार सम्मेलनमा अफ्रिकन रुट्सका प्रशिक्षक सेन्गे बोरिसले उपाधी जित्ने लक्ष्यका साथ खेल्ने बताए । उनले फाइनलमा पुगेको प्रतिद्धन्द्धीलाई हराउन सहज भने नहुने बताए । ‘संकटा सजिलो टिम होइन । फाइनलमा पुगेको टिम हो पक्कै सजिलो हुने छैन्’ उनले भने, ‘ म अहिले नै बधाइ दिन चाहान्छु विपक्षी टिमलाई ।’

उता संकटाका प्रशिक्षक सल्यानी खड्गीले भने उपाधी जितेरै जाने बताए । शुक्रबार फाइनल अघि भएको प्रि कन्फिरेन्समा बोल्दै खड्गीले खेलाडीले मैदानमा फरक खेल देखाउने बताए । ‘विपक्षी टिम निकै बलियो टिम हो, शारिरिक रुपमै निकै बलिया छन् । तर हाम्रा खेलाडीले मैदानमा त्यो भन्न पाउने छैनन्,’ उनले भने ।

आहा राराको इतिहासमा पहिलोपटक मनाङ मस्र्याङदी, थ्री स्टार र नेपाल पुलिस क्लब फाइनलमा पुग्न असफल रह्यो । यि तीन टोलीले कुनैपनि संस्करणको फाइनल खेल्ने गरेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षकले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.