default_image

3 years ago

April 10, 2021

सलाह र अर्नाेल्डको गोलमा लिभरपुलको पूनरागमन जित

45 views

0 Bookmark

एजेन्सी – मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको गोलमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा दुई गोल गर्दै महत्वपुर्ण ३ अंक जोडेको हो । ओले वाट्किन्सको गोल सान्त्वना बन्यो । बल पोसेसनमा पकड बनाएपनि घरेलु टोली लिभरपुल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

खेलको ४३औं मिनेटमा ओले वाट्किन्सले जोन म्याकजिनको पासमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोबर्टे फिर्मिनोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन ।

५७औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । डिएगो जोटाको पासमा एन्ड्रिउ रोबर्टसनले कोन्सालाई बिट गर्दै गरेको प्रहारलाई भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले बचाउने प्रयास गरेपनि सलाहले खाली पोस्टमा हेडमार्फत गोल गरेको थिए ।
बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण जितसहति अंक दिलाए ।

जितपछि लिभरपुल ३१ खेलबाट ५२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित भिल्ला ४४ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.