default_image

3 years ago

April 11, 2021

पुलिसिस र हाभर्टज चम्कदा चेल्सीको फराकिलो जित

100 views

0 Bookmark

एजेन्सी – क्रिस्टियन पुलिसिसले दुई गोल तथा काई हाभर्टजले एक गोल र अर्काे असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसमाथि सानदार जित हात पारेको छ ।

चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ४–१ को फराकिलो हार चखाएको हो । चेल्सीको फराकिलो जितमा क्रिस्टियन पुलिसिसले दुई गोल गर्दा काई हाभर्टज र कोर्ट जोउमाले समान एक गोल गरे । प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली चेल्सीले खेलको आठौं मिनेटमा काई हाभर्टजको गोलबाट अग्रता लिएको थियो । उनले कलुम हड्सन ओडोइको पासलाई सदुपयोग गरेका थिए । १०औं मिनेटमा क्रिस्टियन पुलिसिसले काई हाभर्टजको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा मासन माउन्टको पासमा कोर्ट जोउमाले गोल गरेपछि चेल्सीले ३० मिनेट भित्र नै ३–० को आरामदायी अग्रता बनाएको थियो । ६३औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले जेफरेको पासलाई सदुपयोग गरेका थिए । ७८औं मिनेटमा क्रिस्टियन पुलिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै चेल्सीलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै चेल्सी ३१ खेलबाट ५४ अंक जोडेर शीर्ष चारमा यथावत रहेको छ । पराजित क्रिस्टल प्यालेस ३८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

Success

Thank you for your time.