default_image

3 years ago

April 11, 2021

ज्लाटनलाई रातो कार्ड, मिलान विजयी

27 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले रातो कार्ड पाएको खेलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा पार्मालाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ ।

पार्मामा शनिबार राति भएको खेलमा मिलानको जितमा एन्टी रेविच, फ्रान्क केस्सी र राफयल लियोले गोल गर्दा घरेलु टोलीका रिकार्डाे गाग्लिओलोले गोल फर्काए । खेलको आठौं मिनेटमा एन्टी रेविचको गोलबाट मिलानले अग्रता लिएको थियो । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा फ्रान्क केस्सीले थियो हर्नान्डेजको पासमा गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६०औं मिनेटमा ज्लाटन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलानले अन्तिम ३० मिनेट १० खेलाडीमा रहेर खेलेको थियो । हकान कलहानो ग्लुले रिकार्डाे गाग्लिओलोलाई फल गरेपछि फ्रिकिक दिदा ज्लाटनले रेफ्रीलाई अनावश्यक गाली गरेपछि रेफ्री फावियो मारेस्काले ज्लाटनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएको थियो ।

त्यसपछि ६६औं मिनेटमा रिकार्डाे गाग्लिओलोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउँदै पार्मालाई खेलमा फर्काउने संकेत दिएको थियो । तर, त्यसपछि मिलानले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरे । राफयल लियोले डिएगो डालोटको पासमा गोल गरेका थिए ।

यो जितसँगै दोस्रो स्थानमा रहेको मिलानको ३० खेलबाट ६३ अंक पुगेको छ । मिलान शीर्षस्थानको इन्टर मिलानभन्दा ८ अंकले पछि छ । एक खेल कम खेलेको इन्टरको ७१ अंक छ । पराजित पार्मा २० अंक जोडेर १९औं स्थानमा छ ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.