default_image

3 years ago

April 11, 2021

डर्टमुन्डको पूनरागमन जित, बायर्न रोकियो

45 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले पूनरागमन जित निकाल्दा लिग लिडर बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
एक गोलले पछि परेको अवस्थामा डर्टमुन्डले घरेलु टोली भिएफबी स्टुटगार्टमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

डर्टमुन्डका जुडे बेलिङघम, मार्काे रिउस र अन्सगर नाउफले गोल गर्दा घरेलु टोली स्टुटगार्टका सासा कालजजिक र ड्यानियल डिडाभीले गोल फर्काए । डर्टमुन्ड खेलको १७औं मिनेटमा सासाको गोलबाट पछि परेको थियो । ४७औं मिनेटमा जुडे बेलिङघमले जियोभानी रेनाको पासमा गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काएका थिए ।

५२औ मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै बायर्नलाई २–१ ले अघि बढाए । उनले माटिउ मोरेको पासलाई सदुपयोग गरेका थिए । ७८औं मिनेटमा ड्यानियल डिडाभीले टांगी कोउलीवालीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा अन्सगरले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्दै डर्टमुन्डलाई ३–२ को जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा रहेको डर्टमुन्डको २८ खेलबाट ४६ अंक पुगेको छ । डर्टमुन्ड शीर्ष चारको फ्रान्कफुर्टभन्दा ७ अंकले पछि छ । पराजित स्टुटगार्ट ३९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्काे खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
बायर्नबा जमन मुसिएलाले ६८औं मिनेटमा थोमस मुलरको पासमा गोल गर्दा ८६औं मिनेटमा युनियन बर्लिनका मार्कुस इंग्भार्टसेनले रोबर्ट एन्डरिचको पासमा बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि शीर्षस्थानको बायर्नको २८ खेलबाट ६५ अंक पुगेको छ । बायर्नले शीर्षस्थानमा आरबी लाइप्जिगलाई ५ अंकले पछि पारेको छ । लाइप्जिगको ६० अंक छ । युनियन बर्लिन ४० अंक जोडेर सातौ स्थानमा रहेको छ ।

अन्य नजिता
फ्रान्कफुर्टविरुद्ध वल्फ्सवर्ग (–३), हर्थाविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (२–२) र वेर्डर ब्रेमेनविरुद्ध आरबी लाइप्जिग (१–)

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.