default_image

3 years ago

April 11, 2021

जिनोआलाई हराउँदै युभेन्टस तेस्रो स्थानमा उक्लियो

45 views

0 Bookmark

एजेन्सी – जिनोआमाथि ३–१ को सहज जित दर्ता गर्दै युभेन्टस इटालियन सिरी ‘ए’ को तेस्रो स्थानम उक्लिएको छ । युभेन्टसले नेपोलीलाई पछि पारेको हो ।

सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली साम्पडोरियासँग पराजित भएपछि युभेन्टस तेस्रो स्थानमा उक्लन सफल भएको हो । युभेन्टसको ३० खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाटै चौथो स्थानमा रहेको नेपोलीको ५९ अंक छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १२ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ । इन्टरको ७४ तथा मिलानको ६३ अंक छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र वेस्टन म्याकिन्नीले गोल गरे । जिनोआका जियान लुकाले एक गोल फर्काए । खेलको चौथो मिनेटमा डिजान कुलुसेभ्स्कीले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । २२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले खेलमा अग्रता दोब्बर बनायो ।

४९औं मिनेटमा जियान लुकाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा वेस्टन म्याकिन्नीले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.