default_image

3 years ago

April 12, 2021

टोटेनहममाथि म्यानचेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहममाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन गर्दै घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा म्यानचेस्टरको जितमा फ्रेड, इडिन्सन काभानी र मासन ग्रीनवुडले गोल गर्दा घरेलु टोलीका ह्युङ मिन सनको गोल सान्त्वना बन्यो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहममाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन गर्दै घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा म्यानचेस्टरको जितमा फ्रेड, इडिन्सन काभानी र मासन ग्रीनवुडले गोल गर्दा घरेलु टोलीका ह्युङ मिन सनको गोल सान्त्वना बन्यो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३३औं मिनेटमा इडिन्सन काभानीको गोलले भिएआरबाट मान्यता नपाउँदा युनाइटेड अग्रता लिनबाट चुक्यो ।

उनले गोल गर्नुअघिको मुभमा स्कट म्याटोमिनेले ह्युङ मिन सनमाथि फल गर्न पुगेको भिएआरमा देखिएको थियो । ४०औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युनाइटेड ५७औं मिनेटमा फ्रेडको गोलबाट खेलमा फर्कियो । ७९औं मिनेटमा इडिन्सन काभानीले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पल पोग्वाको पासमा मासन ग्रीनवुडले गोल गदै युनाइटेडलाई ३–१ को पूनरागमन जित दिलाए ।

यो जितपछि युनाइटेडको शीर्ष चारको सम्भावना बलियो बन्दा पराजि टोटेनहमको शीर्ष चारको सम्भावना न्युन बन्दै गएको छ ।यो जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याउँदा तेस्रो स्थानको लेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ ।

युनाइटेडको ३१ खेलबाट ६३ अंक पुगेको छ । शीर्षस्थानको सिटीको ७४ तथा तेस्रो स्थानो लेस्टर सिटीको ५६ अंक छ । पराजित टोटेनहम ४९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.