default_image

3 years ago

April 12, 2021

एट्लेटिको म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग बराबरीमा रोकिएको छ । बेनिटो भिल्लामारिन सेभियामा आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । एट्लेटिकोका यान्निक कारास्कोले गोल गर्दा घरेलु टोलीका क्रिस्टियन टेलोले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको […]

43 views

0 Bookmark

एजेन्सी – खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामारिन सेभियामा आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । एट्लेटिकोका यान्निक कारास्कोले गोल गर्दा घरेलु टोलीका क्रिस्टियन टेलोले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा यान्निक कारास्कोको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता लिएको थियो । उनले एन्जल कोरेयाको पासलाई सदुपयोग गरेका थिए । तर, एट्लेटिकोको त्यो अग्रत लामो समय टिकेन । २०औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स मोरेनोको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा घरेलु टोली बेटिसले अग्रता लिने मौका खेर फाल्यो । रुइवलको फ्लिक पासमा इमर्सनको प्रहारलाई कारास्कोल क्लियर गरेका थिए । ७७औं मिनेटमा क्रिस्टियन टेलोको प्रहारलाई गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एट्लेटिकोले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा एट्लेटिको जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै ला लिगाको उपाधि होड खुल्ला रहँदा एट्लेटिकोले रियल म्याड्रिडलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको ३० खेलबाट ६७ अंक रहेको छ । समान खेलबाट रियलको ६६ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ अंक छ । रियल बेटिस ४७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.